मनोरञ्जन क्षेत्रका श्रमिककको अवस्था चिन्ताजनक

साझाकुरा
२०८० श्रावण १०, बुधबार ११:४२

हेटौंडा-नियमित पारिश्रमकदेखि सुरक्षाका दृष्टिकोणले मनोरञ्जन क्षेत्रमा कामगर्ने श्रमिकहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।विश्वास नेपालको आयोजनामा भएको मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरुको हकहित र मर्यादित श्रमसम्बन्धी न्यूनतम मापदण्ड तथा अनुगमन निर्देशिका–२०७० कार्यान्वयन सम्बन्धी जिल्लास्तरीय कार्यशाला गोष्ठीमा श्रमिकहरुको अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको हो ।

मनोरञ्जन क्षेत्रका श्रमिकहरु धेरै श्रमशोषणमा पर्ने गरेको विषय गोष्ठीमा उठेको थियो । विश्वास नेपालले बार, दोहोरी तथा रेष्टुरेण्ट क्षेत्रमा कार्यरत श्रमिकहरुको हक अधिकार सुनिस्चित गर्ने पेशालाई मर्यादित र सम्मानित बनाउन पहल गर्ने, श्रमिक महिलाको आर्थिक तथा सामाजिक स्तर वृद्धि गर्ने उद्देश्यका साथ पहलकदमीको कार्य गर्दै
आइरहेको छ ।

गोष्ठीमा सहभागीहरुले मनोरञ्जन क्षेत्रका श्रमिकको अवस्था सुधार गर्न सबै स्थानीय तहसँग नियमित र निरन्तर अनुगमन तथा समन्वय आवश्यक रहेको जनाइएको छ । जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललित घलानले सबैको सहकार्य बिना मनोरञ्जन क्षेत्रमा काम गर्नेहरुको अवस्थामा सुधार ल्याउन सम्भवन नभएको बताए । गोष्ठीमा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामीले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको अवस्था अत्यन्तै नाजुक रहेको बताइन् । उनीलाई शोषण दमनबाट मुक्त गराउनको लागि सचेतना आवश्यक रहेको पुलामीले बताइन् । कला प्रदर्शन गर्न पाउनु पर्ने तर, श्रमशोषण गर्न नपाइने उनले बताइन् ।

श्रम वा रोजगार कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले श्रम ऐन र यसमा तोकिएको पारिश्रमिक बारे जानकारी गराएका थिए । हेटौंडा उपमहानगरपालिकाको महिला बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने श्रमिकको सुरक्षा र अधिकारको सवालमा धेरै तयारी बाँकी रहेको बताएकी छन् । जिल्ला प्रहरी कर्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवाकेन्द्र प्रमुख चुडा खड्काले अधिकारको सवालसँगसँगै जिम्मेवारीको सवाल पनि उठाउनु जरुरी भएको बताइन् ।

विश्वास नेपालको अध्यक्ष तारा भण्डारीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । श्रमिकको अवस्था सुधारको लागि सरोकारवालहरुसँगै आफूहरुले नियमित सहकार्य गर्ने भण्डारीले बताइन् । मनोरन्जन क्षेत्रको लागि बनेको २०७७ को अनुगमन निर्देशिकासम्बन्धी जानकारी गराउने, अनुगमन समिति गठनका लागि कार्ययोजना तयार बनाउन पहल गर्ने, मनोरञ्जन तथा सत्कार सेवा व्यवसायमा नियमित अनुगमन गर्न पहल गर्ने उदेश्यले कार्यक्रम गरिएको अध्यक्ष भण्डारीले जानकारी दिएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*