हेटौंडा उपमहानगरद्वारा रक्ततत्व निर्माण गर्ने मेसिन प्रदान

साझाकुरा
२०८० श्रावण १३, शनिबार १४:११

हेटौंडा-रक्ततत्व निर्माण गर्ने मेसिनको अभावका कारण हेटौंडाबाट उपचारकै लागि बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता हटेको छ ।दुर्घटना तथा अन्य स्वास्थ्य समस्याका कारण उपचारमा आएका बिरामीलाई आवश्यक पर्ने रगतको वर्ग छुट्याउने मेसिनको अभावका कारण हेटौंडाबाट उपचारका लागि बाहिरजानुपर्ने समस्या हेटौंडा उपमहानगरपालिका, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र मनहरी गाउँपालिकाले टारेको हो ।

रक्तसञ्चार केन्द्र हेटौंडालाई रगत वर्गीकरणका लागि आवश्यक पर्ने १५ लाख रुपैयाँ बराबरको मेसिनरी सामग्री दिएसँगै यहाँको समस्याटरेको केन्द्रका प्रमुख टंक दाहालले बताए । हेटौंडा उपमहानगरपालिकाले प्लाज्मा तथा प्लेटलेटलाई सुरक्षित राख्न आवश्यक फ्रिज सहितको उपकरण सहयोग गरेको छ ।अमेरिकन रेडक्रसले बर्गिकरण छुट्याउनका लागि आवश्यक मेसिन दिएको रक्तरञ्चार केन्द्रले जनाएको छ । ‘पहिला वर्गीकरण नगरी रगत मात्र वितरण गर्दै आएका थियौं, अब वर्गीकरण गरेर रगत दिन सक्ने भएका छौं ।’, दाहालले भने ।

हेटौंडामा उपचार गरिरहेका बिरामी रगत वर्गीकरणको समस्याले उपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता रहेको र अब समस्या नहुने केन्द्रका प्रमुख दाहालले बताए । मेसिनले प्लाजमा, प्लेटलेट र प्याकसेल निर्माण गर्ने गर्दछ । अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त सिंगो वर्गीकरणका लागि आवश्यक महत्वपूर्ण उपकरणहरु उपमहानगरपालिकाले दिएको हो ।

उपमहानगरपालिकाले आवश्यक सहयोग गरेसँगै फागुनबाट सेवा सुरु भएको रक्ततत्व वर्गीकरण मेसिनको शुक्रबार रक्तसञ्चार स्थापना दिवसको अवसर पारेर उद्घाटन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाद्वारा निर्मित रक्ततत्व निर्माण तथा वितरणसम्बन्धी रक्तसञ्चार केन्द्रको औपचारिक उद्घाटन बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले गरेका छन् । २०५२ सालमा हेटौंडामा स्थापना भएको रक्तसञ्चार केन्द्रले होल ब्लडको मात्र कार्य गर्दै आएकोमा आगामी दिनमा रक्ततत्व निर्माण तथा वितरण सम्बन्धी सेवाको सुरुवात पनि गरेको हो ।

मनहरी गाउँपालिकाले कार्यालय व्यवस्थापनका लागि आवश्यक सहयोग गरेको रक्तसञ्चार केन्द्रले जानकारी दिएको छ । मनहरी गाउँपालिकाले कार्यालय व्यवस्थापनका लागि ७ लाख रुपैयाँ खर्च गरेको छ । नेपाल रेडक्रस सोसाईटी मकवानपुरका सभापति लालबहादुर थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाई, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाई, रेडक्रस मकवानपुरका उपसभापति खेमराज सापकोटा, मन्त्री सुमित्रा काफ्ले, कोषाध्यक्ष किशोर बर्तौला, उपमन्त्री शिवहरि दाहाल, कार्यालय प्रमुख लक्ष्मण भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*