एक महिनामै टमाटरको मूल्य आकासियो

साझाकुरा
२०८० श्रावण २१, आईतवार ११:१८

हेटौंडा-केही दिनदेखि हेटौंडामा टमाटरको मूल्य एकसय ५० रुपैयाँ पुगेको छ । हेटौंडाका तरकारी बजारमा टमाटरको भाउ बढेपछि खान नसकिने भएको उपभोक्ताहरु बताउँछन् ।केही दिनयता टमाटरको मूल्य अत्यधिक बढेको छ । पहिलेको तुलनामा किसानले पनि टमाटरको राम्रो मूल्य पाएका छन् । तर, उपभोक्ता भने मारमा परेका छन् । जेठ अन्तिमसम्म सय रुपैयाँमा ५ केजीसम्म टमाटर किनेका हेटौंडाका उपभोक्ताहरु अहिले भने टमाटरको मूल्य अत्यधिक बढेकोमा खरिदगरेर खान नसक्ने भएकोमा चिन्तित छन् ।

यहाँका उपभोक्तालाई टमाटरको भाउ बढेको देख्दा पत्याउनै मुस्किल परेको छ । यसरी टमाटरको भाउ बढ्नुमा तराई क्षेत्रमा टमाटर नहुनु, पहाडी क्षेत्रमा उत्पादन भएको टमाटर भारतीय बजारमा निर्यात हुनुलगायत कारण रहेको ब्यवसायीहरु बताउँछन् । मकवानपुर लगायतका जिल्लामा उत्पादन भएको टमाटर तराइका जिल्लामा र भारतसम्म निकासी हुँदा यसको मूल्य निकै बढेको तरकारी तथा फलफूल व्यावसायी संघ मकवानपुरका महासचिव सन्तोषी बर्तौलाले जानकारीदिइन् । यहाँको टमाटर भारत निर्यात हुँदा पनि टमाटरको भाउ अचाक्ली बढेको उनले बताइन् ।

टमाटर बाहेक अन्य सबै तरकारीको भाउ बृद्धि भएको छ । बजारमा एकसय ५० रुपैयाँमा कारोबार भइरहेको टमाटर हेटौंडाको चौकीटोलमा रहेको सब्जीमण्डीमा भने एकसय ४० रुपैयाँमा थोक मूल्यमा बिक्री भइरहेको छ ।नेपालको सामान भारतमा जाँदा किसानले राम्रो मूल्य पाएको भन्दै राम्रो भएको व्यावसायीहरु बताउँछन् । तराइका जिलामा पानी परिरहेका कारण सबै टमाटर डुबानमा पर्दा बोट मरेको छ ।

अहिले तत्काल तराइका जिल्लाबाट तरकारी आउने सम्भावना नभएको र अहिले पहाडी क्षेत्रबाट मात्र आउने गरेको छ । पहाडी क्षेत्रमा उत्पादन भएकातरकारी तराइका जिल्लामानिर्यात भइरहेको ब्यवसायीहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*