बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप फैलिंदै

साझाकुरा
२०८० श्रावण २३, मंगलवार ११:५५

हेटौंडा-हेटौंडाका स्कुले बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ । करिब एक सातायता यसले प्रकोपको रुप लिएको बताइएको छ । यो संक्रमण विशेष गरेर हेटौंडा र आसपासका क्षेत्रका बालबालिकामा तीव्र गतिमा फैलिइरहेको छ । विद्यालय, कलेज, बसपार्क, सिनेमा हल, अस्पताललगायत भीडभाड धेरै हुने सार्वजनिकस्थल आँखा पाक्ने रोग सर्ने प्रमुख स्रोत बनेका छन् ।

हेटौंडाका सामुदायिक विद्यालयहरु साउन मसान्तसम्म वर्षेबिदा भएपनि संस्थागत विद्यालय भने संचालन भइरहेका छन् । भरतपुर महानगरपालिकाले सोमबारदेखि ५ दिनका लागि सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको छ । पछिल्ला केही दिनयता आँखा पाक्ने रोग अर्थात् एक्युट कन्जन्टिभाइटिसबाट बालबालिका बढी प्रभावित भएका छन् । चिकित्सकका अनुसार सरुवा रोग भएकाले आँखाको संक्रमण एकबाट अर्कोमा चाँडो सर्छ ।

पढ्नलाई विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरुबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ । पढ्नलाई विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरुबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ । तर, यसको रोकथामका लागि कुनै उपाय अवलम्बन गरिएको छैन ।

विद्यालयदेखि सरकारसम्म मौन छन् । मानवशरीरको महत्वपूर्ण अंगमध्येको आँखा जोगाउन अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जनचेतामूलक कार्यक्रम सञ्चालन गरिएको छैन । अनियन्त्रित बनेको संक्रमण फैलन नदिन सतर्कता अपनाइएको छैन । चिकित्सकका अनुसार एक्युट कन्जन्टिभाइटिस संक्रमण सामान्यतः ७ देखि १० दिनसम्म रहन्छ । तर, कसैकसैमा भने जटिल बनेर आँखाको कोर्नियामा समेत असर गर्न सक्छ ।

संक्रमण देखिनासाथ उपचार प्रक्रियामा जानुपर्ने चिकित्सकले बताएका छन् । यस्तो संक्रमण हुँदा आँखा गुलाबी वारातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ ।बिरामीको परेला सुन्निने, आखाँमा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिन सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*