बागमती प्रदेश प्रहरीबाट एक वर्षमा १८ करोडको सामग्री बरामद

साझाकुरा
२०८० श्रावण २४, बुधबार १२:१२

हेटौंडा- बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले गत आ.व २०७९÷८० मा १८ करोड भन्दा बढी मूल्यको भन्सारजन्य सामग्री बरामद भएको जनाएको छ ।प्रदेशका १० जिल्लामा बिभिन्न सामग्री नियन्त्रणमा लिई १८ करोड १० लाख १५ हजार सात सय ३१ रुपैयाँ बराबरको भन्सारजन्य सामग्रीसँगै ८० जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठउपरीक्षक एबं सूचना अधिकारी दीपक रेग्मीले बताए ।

बागमती प्रदेशमा सबैभन्दा बढी चित्तवन जिल्लाबाट एक करोड २६ लाख नौ सय ६० रुपैयाँ बराबरको सात सय ४६ ग्राम सुन, तीन सय ८१ क्युफिट अबैध काठबाट १३ लाख ४१ हजार ४ सय ७१ रुपैयाँ र अबैध अन्य सामग्रीबाट करीब ५ करोड ४४ लाख २२ हजार ३ सय ८३ गरी ६ करोड ८३ लाख ६४ हजार ८ सय १५ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामदभएको र १९ जना पक्राउ भएको रेग्मीले बताए ।

यस्तै मकवानपुर जिल्लाबाट गत आ.वमा एक करोड १७ लाख ८५ हजार २ सय ४४ रुपैयाँ बराबरको सात सय ८४ ग्राम सुनँंगै तीन करोड ९८ लाख ८४ हजार २ सय ७९ रुपैयाँ बराबरको अन्य अबैध सामग्री र तीन लाख ४७ हजार दुईसय ३० रुपैयाँ बराबरको एक सय ५ क्युफिट काठ बरामद गरी जम्मा ५ करोड ३८ लाख १५ हजार २ सय ५४ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामदसंगै
१० जनालाई पक्राउ गर्न सफल भएको छ ।

यस्तै सिन्धुली जिल्लाबाट एक करोड ५७ हजार ६ सय ९ रुपैयाँ सहित ६ जनालाई पक्राउ गर्न सफल भएको प्रहरी वरिष्ठउपरीक्षक रेग्मीले बताए । यस्तै काभ्रे जिल्लाबाट अबैध सामग्रीबाट ९३ लाख ९३ हजार ९ सय ४६ रुपैयाँ र ३० क्युफिट काठ बरामद मार्फत् ५७ हजार ५ सय गरी ९४ लाख ५१ हजार ४ सय ४ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामद सहित ८ जनालाई नियन्त्रणमा लिइएको छ ।

यस्तै सिन्धुपाल्चोक जिल्लाबाट एक सय ७३ क्युफिट काठबरामदबाट २ लाख ७९ हजार २ सय ७५ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामदसहित १३ जना पक्राउ परेका छन भने नुवाकोट जिल्लाबाट तीन सय ८४ क्युफिट काठ बरामदबाट ४ लाख ६२ हजार ५० बराबरको भन्सारजन्य सामग्री बरामदसहित ९ जना पक्राउगरिएको छ ।

यस्तै धादिङ जिल्लाबाट अबैध सामग्री बरामदबाट दुईकरोड २१ लाख सात हजार ८ सय ५८ र चार सय २९ क्युफिट काठ बरामदबाट तीन लाख ९८ हजार गरी २ करोड २५ लाख ५ हजार ८ सय ५८ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामद सहित ९ जना पक्राउ गीरएको छ । रसुवा जिल्लाबाट दुई सय ६० ग्राम चादी बरामदबाट ६ लाख १८ हजार ९ सय २ रुपैयाँ,अन्य अबैध सामाग्री बरामदबाट एक करोड ४९ लाख ४१ हजार २ सय ३० रुपैयाँ गरी १ करोड ५५ लाख ६० हजार १ सय ३२ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामदसहित ६ जनालाई पक्राउ गरिएको रेग्मीले बताए । गत आबमा रामेछाप र दोलखामा भन्सारछली गरी ल्याईएका सामानहरु कुनैपनि पक्राउ नभएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*