डेंगू संक्रमितको संख्या ४६ जना

साझाकुरा
२०८० श्रावण २५, बिहीबार ११:०५

हेटौंडा- मकवानपुरमा डेंगू संक्रमितको संख्या ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ४६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २३ जना पुरुष र २३ जना महिला रहेका छन् । यो तथ्याङ्क साउन १ गतेदेखि बुधबारसम्मको हो । जिल्लामा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् ।

यहाँ २० जना पुरुष र २२ जना महिला गरी ४२ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । यसैगरी, मकवानपुरगढी गाउँपालिकामा १ जना महिला, मनहरी गाउँपालिकामा १ जना पुरुष, बकैया गाउँपालिकामा १ जना पुरुष, राक्सिराङ गाउँपालिकामा १ जना पुरुषमा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*