पौड्याल एक लाख राशीसहित पुरस्कृत

साझाकुरा
२०८० श्रावण २६, शुक्रबार ११:१७

हेटौंडा- डिभिजन वन कार्यालय मकवानपुरमा कार्यरत शसस्त्र वन सुरक्षा साखा प्रमुख यादविन्द्र पौड्याल एक लाख रुपैयाँ राशीसहित पुरस्कृत भएका छन् । पौड्यालले गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार प्राप्त गरेका हुन् ।वन तथा भूसंरक्षण बिभागले प्रदान गरेको एक लाख रुपैयाँ राशीको पुरस्कार पौड्याललाई प्रदान गरिएको हो । वनको संरक्षण, सम्वद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको हो ।

यो पुरस्कार वन क्षेत्रको ठुलो राशीको पुरस्कार हो । वन संरक्षणमा वनरक्षकहरुलाई उत्साह जगाउने उद्धेस्यले वन तथा भूसंरक्षण बिभागले यो पुरस्कार प्रदान गर्ने गरेको छ । पौड्याललाई संघीय सरकारको वन तथा वातावरण मन्त्री डा. बीरेन्द्रप्रसाद महतोले नगद रकम सहित पुरस्कार हस्तान्तरण गरेका हुन् ।सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, विभागका महानिर्देशक शिवकुमार वाग्ले लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*