टेबलटेनिस प्रतियोगिता सुरु

साझाकुरा
२०८० श्रावण २७, शनिबार १५:५१

हेटौंडा-हेटौंडामा जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा सुरु भएको हो ।हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिताको उद्घाटन मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले गरेका हुन् । प्रतियोगितामा मकवानपुरका २५ जना खेलाडीको सहभागिता रहेको छ । कार्यक्रम महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानको अध्यक्षतामा भएको हो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने सहभागीले क्रमशः ५ हजार रुपैयाँ र ३ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीले
राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर समेत प्राप्त गर्ने नेपाल खेलकुद महासंघ मकवानपुरका सचिव संगीत श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*