न्यूनतम पारिश्रमिक १७ हजार तोकियो

साझाकुरा
२०८० भाद्र १, शुक्रबार १९:२०

हेटौंडा-सरकारले २०८० साउन १ गतेदेखि लागू हुनेगरी न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चियाबगान बाहेकका श्रमिक र चियाबगानका श्रमिकका लागि छुट्टाछुट्टै न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो ।श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण गरेको मन्त्रालयले जनाएको छ । जस अनुसार अब चियाबगान बाहेकक श्रमिकको न्युनतम पारिश्रमिक १७ हजार ३ सय कायम गरिएको छ । उपर्युक्त पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिकसुरक्षा ऐन, २०७४ र प्रचलित कानून बमोजिम श्रम सम्झौता÷नियुक्तिपत्र, श्रमिकले पाउने सञ्चयकोष रउपदान लगायतका सुविधाहरु अनिवार्य रुपमा हुनु पर्ने मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १३ बमोजिम स्थानीय तह वा नेपाल कानून बमोजिम अन्य निकायलाई न्यूनतम पारिश्रमिक निर्धारण गर्न अधिकार प्रदान गरिएकोमा त्यस्तो तह वा निकायले पारिश्रमिक निर्धारण गर्दा यो सूचनामा तोकिएभन्दा कम नहुने गरी निर्धारण गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ । न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले पनि कुनै रोजगार सम्झौता गर्न नपाइने मन्त्रालयले प्रष्ट पारेको छ ।

न्यूनतम पारिश्रमिक श्रम ऐन, २०७४ को दफा २८ बमोजिमको कानूनी व्यवस्थालाई समेत आधार बनाई लागू गरिएको मन्त्रालयले जनाएको छ । न्यूनतम पारिश्रमिक दिने सन्दर्भमा केही प्रावधानहरु फरक भएको अवस्थामा समेत यही न्यूनतम पारिश्रमिकलाई आधार बनाई समायोजन गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*