२०५ औं यात्रामा सुनिए २ दर्जन गजलकार

साझाकुरा
२०८० भाद्र ३, आईतवार १०:५७

हेटौंडा-गजल मञ्च मकवानपुरको २०५ ओैं गजल यात्रामा करिब २ दर्जन गजलकारले गजलवाचन गरेका छन् ।माया प्रेमदेखि समाजका विविध विकृति विसंगति र राजनीतिक असंगतिहरु गजलकाले गजलमार्फत् प्रस्तुत गरेका थिए । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार÷ महाकाव्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी घिमिरे, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकार ओम रिजाल, मञ्चका पूर्वअध्यक्ष दीपक गौतम, वातावरणविद् श्रवण शर्मा, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेलगायतले मन्तव्यका साथ गजलवाचन गरेका थिए ।

त्यस्तै कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष यश लामा, निवर्तमान अध्यक्ष देवराज तिवारी, सल्लाहकार पुरुषोत्तम आचार्य, गजलकारहरु विष्णु गौतम, सानू खनाल, ऋषि केबी, विशाल अधिकारी ‘आशुतोष’, रजनी पौडेल, सुवास सजल, सुनिल गौतम, अनिल कोइराला, प्रेरक गौतमलगायतले गजलवाचन गरेका थिए । गजलविधाको उन्नयन र प्रवर्द्धनमा काम गर्दै आएको गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार नियमित गजलयात्राको आयोजना गर्दै आएको छ । मञ्चले पछिल्लो समय विद्यालयहरुमा पुगी गजल प्रशिक्षणको कार्यक्रम गरी नवसर्जक केन्द्रित शृंखलासमेत सञ्चालन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*