बुढीचौरका खेतबारीमा जनप्रतिनिधि, कृषकसँग अन्तरक्रिया

साझाकुरा
२०८० भाद्र ४, सोमबार ०९:१६

हेटौंडा- मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर–८ बुढीचौरमा सुक्रबार किसानहरुको तरकारी बालीको अवलोकनका साथै कृषकसँग अन्तरक्रिया गरिएको छ ।गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, वडा नम्बर ८ का वडाअध्यक्ष कुमार घिसिङ, वडासदस्य गोकुल देवकोटा, कृषिशाखा प्रमुख चन्द्रकान्त चौधरी, स्वास्थ्यसाखा प्रमुख धुब लामिछाने, एसआईएस अपरेटर मनोज देबकोटा स्थानीय कृषक सहितको टोलीले किसानको तरकारी बालीको अवलोकन गर्नुका साथै वडा नम्बर ८ का कृषकसँग अन्तरक्रिया गरिएको छ ।

एकता स्वाबलम्बन कृषि सहकारी संस्थाकाको भवनामा भएको अन्तरक्रिया कार्यक्रमा कार्यक्रममा वडा न ८ का वडाध्यक्ष कुमारसिंह घिसिङ, वडासदस्यद्वय गोकुल देबकोटा, गमला विक, स्वास्थ्य
शाखा प्रमुख ध्रुवप्रसाद लामिछाने, सहकारी संस्थाका पदाधिकारीहरु र ५० जना कृषकको सहभागिता रहेको थियो ।

कार्यक्रमा उपस्थित कृषकले आफूले भोगेका बिभिन्न समस्याहरु राखेका थिए । समयमा गुणस्तरीय कृषि सामग्रीहरु नपाउनु, अहिले टमाटर खेतीमा देखिएको प्रकोप, अन्य तरकारीमा देखिएकोरोगकीराको प्रकोप, प्राकृतिक प्रकोप, यातायातको समस्या, बजारीकरणा लगायतका समस्याहरुको अन्तरक्रिया कार्यक्रममा राखेका थिए ।कार्यक्रमा बोल्दै गाउँपलिका अध्यक्ष लामाले अहिले गरिरहेको कामको कृषकको कृषि कर्मलाई उच्चकदर गर्दै गाउँपालिका यस वडालाई विषेश प्राथमिकतामा राखेको बताउदै यस वर्ष बुढीचौरको तरकारी उत्पादनलाई मध्यनजर गर्दै ईक्चुङ हु“दै र सुकौरा हु“दै हेटौंडासम्म दैनिकरुपमा सवारीसाधन आवतजावत गर्न सक्ने वातावरण मिलाइरहेको बताए । अगामी दिनमा संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी थप कृषिको क्षेत्रमा लगानी भित्र्याउने पनि अध्यक्ष लामाले बताए ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष स्याङ्तानको प्रमुख आतिथ्यतामा, सहकारी सस्थाका अध्यक्ष बालानन्द तिमल्सिनाको सभाअध्यक्षतामा भएको थियो । मकवानपुरगढी ८ बुढिचौरमा मुख्य रुपमा प्लाष्टिक टनेल भित्र बेमौसमी गोलभेडा खेतीका साथै काउली, बन्दा, रायोसाग, अकबरे खुर्सानी, काँक्रो, धनियाँ, केराउ, ईस्कुस लगायतका तरकारीहरु उत्पादन गर्दै आईरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*