भन्सार छली ल्याएका ५ लाख बढीका सामान बरामद

साझाकुरा
२०८० भाद्र ४, सोमबार ०९:२४

हेटौंडा-भन्सार छली गरेर ल्याएका सामानहरु हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबाट प्रहरीले बरामद गरेको छ । बिभीन्न सवारीका साधनमा ल्याएका सामानहरु प्रहरीले बरामद गरेको हो ।प्रहरीले पाँच लाख २७ हजार मूल्य बराबरका सामानहरु बरामद गरेको जनाएको छ । बसहरुमा लुकाई छिपाई ल्याएको अबस्थामा कपडा लगायतका सामानहरु बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २४७३ नम्बरको बसमा यात्रु बस्ने सिटबाट काजु ६२ केजी, रजनीगन्ध १५ वटा सानो डब्बा, तुलसी सुर्ती ३ झोला बरामद गरिएको छ ।

यसैगरी, बीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख २४६८ नम्बरको बसको अगाडिको केबिनबाट अमुल बटर २ काटुन, फ्रेस क्रिम १ काटुन, अमुल घिउ २ काटुन बरामद गरिएको प्रहरीले जनाएको छ ।यसैगरी बीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ६००५ नम्बरको बसको डिक्किबाट मोबाईल पार्टस् १ कार्टुन भित्र सानो कार्टुन २२ वटा, जुता २५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*