२० जनालाई छात्रवृत्तिमा प्राविधिक पढाउँदै कैलाश

साझाकुरा
२०८० भाद्र ५, मंगलवार ०९:०३

 हेटौंडा-मकवानपुरको कैलाश गाउँपालिकाले छात्रवृत्तिमा १८ महिने प्राविधिक शिक्षा अध्ययनका गर्न चाहने विद्यार्थीको नामावली पठाउन वडा कार्यालयलाई परिपत्र गरेको छ । वडामा निवेदन परेकामध्ये प्रतिवडा २÷२ जना छात्रछात्राको दरले छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर थिङले जानकारी दिए । कैलाशमा १० वटा वडा रहेका छन्।
चालु आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम अनुसार पीजेटीए तथा भीजेटिए पढ्न पालिकाले छात्रवृत्ति उपलब्धगराउन लागिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाको वार्षिक नीति तथा कार्यक्रम र स्वीकृत वार्षिक बजेट अनुसार गाउँपालिका भित्र स्थायी बसोबास गरेका माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीले छात्रवृत्ति छनोटमा सहभागी हुन पाउनेछन् ।छनोट भएका विद्यार्थीहरुले कालिका माध्यमिक विद्यालय नामटारमा १८ महिने शिक्षा प्राविधिक शिक्षा पढ्न पाउनेछन् । वडाहरुले यही ७ भाद्रसम्म विद्यार्थी छनोट गरिसक्नु पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*