मनहरीको राजश्व संकलन एक महिनामै १६ लाख

साझाकुरा
२०८० भाद्र ५, मंगलवार ०९:०६

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को सुरुवातको साउन महिनामै करिब १६ लाख राजश्व संकलन गरेको छ ।पालिकाले सार्वजनिक गरेको राजश्व संकलन सम्बन्धी विवरणमा संकलित राजश्वको विवरण उल्लेख गरिएको हो । जसमा एक महिनामै १५ लाख ९० हजार २ सय ९६ रुपैयाँ १७ पैसा राजश्व संकनल भएको जनाइएको छ । गाउँपालिकाको वडा नम्बर १ बाट ८७ हजार ८ सय २१ रुपैयाँ, २ नम्बर वडाबाट १७ लाख ६ सय ५ रुपैयाँ, ३ नम्बर वडाबाट १ लाख ९५ हजार ३२३ रुपैयाँ ६४ पैसा, ५ नम्बर वडाबाट ८९ हजार ७ सय ८९ रुपैयाँ राजश्व संकलन भएको पालिकाले जनाएको छ ।

त्यस्तै वडा नम्बर ६ बाट ९० हजार ७ सय ४७ रुपैयाँ, ७ नम्बर वडाबाट २ लाख ५ हजार ६ सय ९० रुपैयाँ, ८ नम्बर वडाबाट १ लाख १७ हजार ९ सय ७७ रुपैयाँ, ७३ पैसा, ९ नम्बर वडाबाट १ लाख ९५ हजार १३ रुपैयाँ राजश्व संकलन भएको छ भने गाउँपालिकाको कार्यालयबाट ५ लाख ३५ हजार ६ सय ६ रुपैयाँ ७२ पैसा राजश्व संकलन भएको पालिकाले जनाएको छ ।

मनहरी गाउँपालिकाले कर तथा गैरकर संकलन गर्न पाउने अधिकार क्षेत्रमा रहेर राजश्व संकलन गरेको हो । पालिकाले आर्थिक ऐन, २०८० मा व्यवस्था भएका शीर्षकहरु कडाइकासाथ राजश्व संकलन गर्दै आएको छ । मनहरी मकवानपुरका ८ गाउँपालिकामा सबैभन्दा ठूलो बजेट ल्याउने गर्दछ । जिल्लाका १० स्थानीय तहमा हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकापछि मनहरीले ठूलो बजेट ल्याउने गरेको छ ।मनहरी अन्य पालिका भन्दा आन्तरिक आयस्रोतका बलियो छ । यहाँको सबैभन्दा ठूलो आयस्रोत भनेको नदीजन्य पदार्थको बिक्री हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*