सलोन र केकीलाई ‘जय हो’ सन्तानजस्तै

साझाकुरा
२०८० भाद्र ५, मंगलवार ०९:१०

काठमाडौं-भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’लाई लिएर यदि कसैको सबैभन्दा ठूलो आशा छ भने त्यो सलोन बस्नेत र केकी अधिकारीलाई छ । यो फिल्म व्यावसायिक रुपमा सफल भैदिए दुवैको करिअरले नयाँ काँचुली फेर्नेछ । फिल्म नै उनीहरुले निर्वाह गरेको चरित्रमा केन्द्रित छ । त्यसैले प्रचारमा दुवै गजबलेखटिरहेका छन् । फिल्ममा उनीहरु जोडीको रुपमा प्रस्तुत छन् ।
सलोन र केकीले‘जय हो’लाई सन्तानको रुपमा लिएकाछन् ।

सलोन त स्क्रिप्ट लेखनको चरणदेखि नै फिल्ममा संलग्न रहेका थिए । फोटोग्राफरको भूमिका निर्वाह गर्न उनले फोटोग्राफी तालिम समेत सिके । कपाल लामो बनाउन महिनौं घरबाट बाहिर निस्किएनन् । शरीर बनाउन उनले १० महिना मिहिनेत गरे । सलोन पहिलो पटक कुनै फिल्मका लागि यो हदसम्म दत्तचित्त भएर लागेका हुन् ।

आइतबार मुन्द्रको कमेडी क्लबमा अतिथिको रुपमा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले फिल्मबारे भने, ‘मेरो लागि एकदमै महत्त्वपूर्ण छ यो फिल्म । म स्क्रिप्टको चरणदेखि फिल्ममा
संलग्न छु । आफूले सकेको मिहिनेत गरेको छु । भोलिका दिनमा यो फिल्म व्यावसायिक रुपमा कसरी जान्छ थाहा छैन । तर, मेरो लागि यो फिल्म सधैंभरि एकदमै प्यारो चीज बनेर बस्छ ।’

केकीलाई फिल्मको छायांकनको बेला अभिनेत्री निशा अधिकारीले ‘आफू आबद्ध भएको हरेक फिल्म सन्तान जस्तो लाग्छ जबसम्म आफ्नो सन्तान हुँदैन’ भनेर भनेकी थिइन् ।‘जय हो’मा आफू पनि एकदमै संलग्न भएर काम गरेकाले उनी यो फिल्मलाई सन्तानको रुपमा ब्याख्या गर्छिन् । उनले आफ्नो ‘चाइल्ड स्टार’ सलोनसँग पहिलो पटक साथमा काम गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*