मातृशिशु उपचारकक्ष निर्माणमा उपमहानगरको ८० लाख

साझाकुरा
२०८० भाद्र ६, बुधबार ११:५१

हेटौंडा-वर्षदिन अघिबाट हेटौंडामा मातृशिशु सेवा सञ्चालनका लागि तयारी थालेको हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ बाट प्रक्रिया अघि बढाएको छ ।स्थानीय तहले स्वस्थ्य क्षेत्रमा सेवाप्रवाह गरी नगरवासीलाई सर्वसुलभ स्वास्थ्यसेवा उपलव्ध गराउने उद्देश्य अनुसार उपमहानगरले मंगलबार हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समितिसँग मातृशिशुसेवा सञ्चालनका लागि भवन निर्माणका लागि सम्झांता गरेको छ । चालु आर्थिक बर्षबाटै प्रभावकारी सेवा दिने लक्ष्य अनुसार उपमहानगरले अस्पतालको नयाँ भवनको माथिल्लो तल्लामा मातृशिशु उपचारकक्ष निर्माण गर्ने औपचारिक सम्झौता गरेको उपमहानगरका नगरप्रमुख मीनाकुमारी लामाले जानकारी दिएकी छन् ।

नगरप्रमुख लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौंलागाईको उपस्थितिमा हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजेश प्रसाईँ र उपमहानगरपालिकाको पूर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण साहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार उपहानगरले अस्पताल विकास समितिलाई ८० लाख रुपैयाँ दिने भएको छ । सम्झौताअनुसार उपचारकक्ष भवन निर्माण अस्पताल विकास समितिले बोलपत्र आवहान गरी गर्नेछ । निर्मित संरचनामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण एवम् अभ्यास कक्षको रुपमा समेत प्रयोग हुने सम्झौतामा उल्लेख छ ।

तीन किस्तामा जाने रकमबाट अस्पताल व्यवस्थापनले ठेक्कामार्फत् आउँदो चैतसम्ममा उपचारकक्षका लागि भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाईने अस्पताल व्यवस्थापन समिति अध्यक्ष राजेश प्रसाईँले बताए । उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत् हेटौंडा अस्पताल सञ्चालन भएपश्चात स्वास्थसेवा प्रवाहमा सुधार हुँदै गएको र सेवा लिनेहरुको संख्या अघिल्लो बर्षहरुको तुलनामा दोब्बर भन्दा बढीले स्वास्थ्यसेवा लिएको बताए ।

अस्पताल र उपमहारको उपचारकक्ष निर्माण सम्झौता कार्यक्रममा हेटौंडा उपमहानगरका विभिन्न वडाहरुका अध्यक्षहरु, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हरिबहादुर खड्का, विकास समितिका सदस्य उत्सव चौलागाईसहितको उपस्थिति रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख लामाले व्यवस्थित अस्पताल सञ्चालन गर्नसके उपचारका लागि बाहिर जिल्लासम्म जानुपर्ने अवस्थाको अन्त्य हुने बताइन् । उनले उपमहानगरले लिएको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार हेटौंडामा मात्रृशिशु (प्रसुति) अस्पताल सञ्चालन गर्न पहिलो चरणको काम सुरु गरेको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*