बजारका होटल, मिठाई पसलमा अस्वस्थकर खानेकुरा

साझाकुरा
२०८० भाद्र ६, बुधबार ११:५५

हेटौंडा-हेटौंडा बजारमा रहेको आधादर्जन मिठाई पसलमा फोहोर खानेकुरा बेच्ने गरेको पाइएको छ । हेटौंडा–४ कान्तिराजपथ स्थित चन्दन स्विट्स एण्ड बेकरी सहित हेटौंडा–२ संगमचोकस्थित मोहन मिठाई पसल सहित हेटौंडा–१ मा रहेको चुनियाँ थकाली होटेल र अन्नपूर्ण भोजनालय, हेटौंडा–२ स्थित जनप्रिय भोजनालय र ओसिन रेस्ट हाउस, हेटौंडा–१० स्थित जयशम्भु मिष्ठान्न भण्डार, हेटौंडा–१० को राजधानी स्वीट्स, हेटौंडा–१० कै न्यू स्वीट एण्ड चाट हाउस, हेटौंडा–१ को श्रेष्ठ होटल, हेटौंडा–१ को समोसा हाउस, हेटौंडा–१ कै युनिक स्वीट एन्ड चाट हाउस र हेटौंडा–२ स्थित लोकप्रिय भोजनालयमा फोहोर अस्वस्थकर खाने कुरा बिक्री वितरण गरिएको पाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, मकवानपुर, हेटौंडा उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय, मकवानपुरको सहकार्यमा सोमबार गरिको अनुगमना क्रममा ६ वटा मिठाई पसल र होटलमा फोहोर अस्वस्थकर खाने कुरा बिक्री वितरण गरिएको पाइएको हो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाकी सूचना अधिकारी प्रगति अधिकारीले जनाएअनुसार सोमबार गरिएको अनुगमनको क्रममा अत्यधिक फोहोर गरी खाद्यपदार्थको अस्वस्थकर उत्पादन, भण्डारण र बिक्री वितरण गरेको पाइएका हो । उनले पसलहरुमा सार्वजनिक सूचना टाँस गरिएको र अर्को सूचना नभएसम्म खाद्यपदार्थको उत्पादन तथा बिक्री रोक्का गरिएको समेत बताइन् ।

जसमा दुईवटा मिठाइ पसलमा जनस्वास्थ्यलाई असर पुग्ने गरी खानेकुरा उत्पादन भएको परीक्षणले देखिएपछि उत्पादन तथा विक्रीमा रोक लगाइको र हेटौंडा–१ स्थित चुनियाँ थकाली होटेल र अन्नपूर्ण भोजनालय, हेटौंडा–२ स्थित जनप्रिय भोजनालय र ओसिन रेस्ट हाउसमा सरसफाई तथा खाद्यपदार्थको भण्डारणलाई व्यवस्थित गर्न निर्देशन दिइएको जनाइएको छ । खाद्य प्रविधिले भदौ ३ गते आइतरबार हेटौंडा बजारको ७ वटा होटल, रेस्टुरेन्ट तथा मिष्ठान्न भण्डारमा अनुगमन गर्दा हेटौंडा–१० स्थित जयशम्भु मिष्ठान्न भण्डारमा स्वास्थ्यको दृष्टिकोणले असर पर्ने गरी उत्पादन तथा बिक्री भएको पाइएको थियो । त्यसैगरी हेटौंडा–१० को राजधानी स्वीट्स, हेटौंडा–१० कै न्यू स्वीट एण्ड चाट हाउस, हेटौंडा–१ को श्रेष्ठ होटल, हेटौंडा–१ को समोसा हाउस, हेटौंडा–१ कै युनिक स्वीट एन्ड
चाट हाउस र हेटौंडा–२ स्थित लोकप्रिय भोजनालयमा सरसफाई र भण्डारण सुधारका लागि निर्देशन दिईएको सूचना अधिकारी प्रगति अधिकारीले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*