एकै ठाउँमा स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट

साझाकुरा
२०८० भाद्र ८, शुक्रबार १०:४०

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–२ पुरानो मकवानपुर रोडमा करिब साढे दुइ करोड रुपैयाँ लगानीमा एकै स्थानमा स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।तीनजना युवा मिलेर आरसी इन्टरनेस्नल प्रालि कम्पनीमार्फत् व्यावसायीक तरिकाले स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट बिहीबारबाट सञ्चालनमा ल्याएका हुन् । उनीहरुले १२ जना युवालाई रोजगारी दिएका छन् । एकै स्थानमा बजारको बीच भागमा किशोर, किशोरीलगायतका स्केटिङ् गर्न सकिने, त्यको अगाडि स्वीमिङ गर्न सकिने र रेष्टुरेन्ट समेत सञ्चालनमा ल्याइएको सञ्चालक रमेश सापकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
रेस्टुरेन्टमा बेकरीका आइटमहरु पनि उत्पादन गरिएको छ । यसमा युवराज भण्डारी र जागृत चौरेल समेतले लगानी गरेका छन् । पछिल्लो समय हेटौंडामा युवापुस्तामा यसप्रकारको रेष्टुरेन्टप्रति आकर्षण बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*