जनप्रयिका विद्यार्थीद्वारा हस्तलिखित पुस्तक विमोचन

साझाकुरा
२०८० भाद्र ८, शुक्रबार १०:५६

हेटौंडा-हेटौँडा–१६ हटियास्थित जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीको हस्तलिखित पुस्तक विमोचन गरिएको छ । विद्यालयको आयोजना तथा जनप्रिय बालक्लबको संयोजनमा गरिएको सहक्रियाकलापका प्रशिक्षणपश्चात शुक्रबार पुस्तक विमोचन गरिएको हो ।२८ विद्यार्थीको हस्तलिखित पुस्तक विमोचन गरिएको बताइएको छ । पुस्तक विमोचनपश्चात विद्यार्थीले आफ्ना पुस्तकका १÷१ रचना वाचन गरेका थिए । विद्यार्थीले गरिएको रचना वाचनप्रति अभिभावकहरु समेत उत्साहित छन् । नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक तथा कविता प्रशिक्षक दीपक गौतमले ती विद्यार्थीलाई नवसर्जक समूहमा राख्ने बताए । आफूले ती विद्यार्थीलाई कविता सिकाउन चाहेको उनको भनाई छ । विद्यार्थीमा रहेका अन्तर्निहित लेखन सीपलाई उजागर गर्न सहकार्य गरिने बताए ।

विद्यार्थी सिर्जित रचना छनोट गरी वाचनशैली र पुस्तक आकारमा ल्याउन प्रशिक्षक सुनिल गौतम, रविन श्रेष्ठ, नीरबहादुर खड्का, संप्रस पौडेल, अनिता तिमल्सिनाले भूमिका निर्वाह गरे । यस्तै उद्घोषण प्रशिक्षक रुपक कालिराजले उद्घोषणपश्चात् विद्यार्थीमा बोल्ने शैलीको विकास भएको बताए । हेटौंडा–४ स्थित नवोदय शिशुसदनका चित्रकला प्रशिक्षक मनिस योन्जनले पुस्तकको गातामा राखिने बिम्बात्मक चित्र, अक्षर लेखनशैली तथा रङको मिश्रणबारे प्रशिक्षण गराए । साहित्यकार छवि अनित्यले वादविवाद तथा वक्तृत्वकला, गजलकार तथा मुक्तककार विश्वनाथ सञ्जेलले गजल र मुक्तक लेखनसम्बन्धी प्रशिक्षण गराए ।

यसमा तपाइको मत

Your email address will not be published.


*