वक्तृत्वकलामा रिमा विष्ट उत्कृष्ट

साझाकुरा
२०८० भाद्र ९, शनिबार १३:११

हेटौंडा- लागूऔषध दुव्र्यसन नियन्त्रणमा सचेत विद्यार्थीको भूमिका बिषयक वतृत्वकलामा रिमा बिष्ट प्रथम भएकी छिन् । हेटौंडा जेसीजले हेटौंडा वडा नम्बर ९ मा रहेको प्रगति माविमा आयोजना गरेको वतृत्वकला कार्यक्रममा विष्ट प्रथम भएकी हुन् ।प्रतियोगितामा सहभागी अन्य १० प्रतिस्पर्धीलाई उछिन्दै विष्ट प्रथम हुँदा लिटिलराज पौडेल द्वितीय र प्रकृति दाहाल तृतीय भएका छन् । प्रतियोगितामा ११ विद्यार्थीको सहभागिता रहेको थियो । हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका नेता एवम् संविधानसभा सदस्य अनन्त पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले पछिल्लो समय लागूऔषध दुव्र्यसन चिन्ताको बिषय बनेको बताए । उनले मकवानपुरमा लागूऔषधको प्रयोग, उत्पादन र ओसारपसार डरलाग्दोसँग विकास भैरहेको भन्दै चिन्ता व्यक्त गरे । ६० प्रतिशत अपराधका घटना लागूऔषधकै कारण हुने गरेको भन्दै उनले लागूऔषध नियन्त्रणमा सबै एक भएर लाग्नुपर्ने बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुली, हेटौंडा जेसीजका पूर्वअध्यक्ष कविन सांगामी र दीपकराज मिश्र, चैनपुर जेसीज प्रस्तावितका अध्यक्ष गणेशदर्पण अधिकारी, सिआन पुनस्र्थापना केन्द्रका सञ्चालक सौजन डिसी, हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष अमृत बर्तौलालगायतले लागूऔषध दुव्र्यसनको बिषयमा चिन्ता व्यक्त गर्दै नियन्त्रण अभियान नै सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा कवि स्वस्तिका वानियाँले लागूऔषध सम्बन्धी कविता वाचन गरेकी थिइन् ।

हेटौंडा जेसीजका पूर्वअध्यक्ष कुशकुमार रिजाल, कृष्णबहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिताको विजयीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । कार्यक्रममा हेटौंडा जेसीजका पूर्वअध्यक्ष कुशकुमार रिजाल र दीपकराज मिश्र, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने तथा विद्यालयका सहप्रधानाध्यापक माधवप्रसाद गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*