प्रतिष्पर्धात्मक बजारमा सस्तियो हेटौंडा सिमेन्ट

साझाकुरा
२०८० भाद्र १०, आईतवार ११:४९

हेटौंडा=सरकारी स्वामित्वको हेटांैडा सिमेन्ट उद्योग लिमिटेड चालु आर्थिक वर्षको सुरुवातमै सिमेन्टको मूल्य घटाएको छ । भदौ १० गते आइतबारदेखि लागूहुने गरी मूल्य घटाएको हो । उद्योगको लक्ष्य पुरा नहुने अवस्थामा पुगेपछि सिमेन्टको मूल्य घटाउन उद्योग ब्यवस्थापन बाध्य भएको छ । उद्योगले उत्पादन गरेको शक्ति ब्राण्डको सिमेन्टको कारखाना मूल्य ६४९ रुपैयाँ ७५ पैसा कायम गर्ने गरी उद्योगको ब्यवस्थापनले शुक्रबार निर्णय गरेको बताइएको छ । त्यसमा पनि उद्योगले पाउने मूल्य ५६४ रुपैयाँ मात्र रहेको बाँकी सबै करको रुपमा उपभोक्ताले तिर्नुपर्ने बताइएको छ । नेपालमा निजी क्षेत्रका सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टसँग हेटौंडा सिमेन्ट उद्योगले प्रतिष्पर्धा गर्नुपर्ने भएपछि मूल्य समायोजन गरिएको बताइएको छ ।

३७ वर्ष निरन्तर सञ्चालन भइरहँदा धेरै सामानपुराना र बिग्रिएर सिमेन्ट उत्पादनमा समस्या हुने गरेको उद्योगका प्राबिधिक कर्मचारीले बताएका छन् । हेटौंडा सिमेन्ट उद्योगमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ नहुने वातावरण बनाएको छ । तर, पटकपटक बिनाजानकारी विद्युत् काटिने समस्याका कारण हैरान भएको गुनासो उनले गरे । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगको क्षमता छ । तर, हाल पुराना मेसिनका कारण दिनहुँ दशदेखि १२ हजार बोरामात्र सिमेन्ट उत्पादन भइरहेको छ । नयाँ प्रविधिअनुसारको स्वचालित मेसिन भए धेरै जनशक्ति नचाहिने र काम पनि छिटो छरितो रुपमा हुने कर्मचारीहरु बताउँछन् । उद्योगमा ७ सय ५० मेट्रिकटन क्लिङ्कर उत्पादन गर्ने क्षमता छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*