सितोरियो कराँते मकवानपुरमा लामा

साझाकुरा
२०८० भाद्र १०, आईतवार ११:५०

हेटौंडा-नेपाल सितोरियो कराँते संघ जिल्ला कार्य समिति मकवानपुरको अध्यक्षमा दिपक बहादुर लामा चयन भएका छन् । शनिबार हेटौंडामा भएको संघ आवद्ध खेलाडी तथा खेलप्रेमीहरुको भेलाले लामाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । नवगठित कार्यसमितिमा उपाध्यक्षहरु रामलाल थोकर लामा, रोशन बलामी, रुपक लामा र दमोदर दाहाल चयन हुँदा सचिवमा दीर्गबहादुर लामा चयन भए ।

कार्यसमितिमा सहसचिव सुमन रायमाझी, कोषाध्यक्ष विपुल गुरुङ तथा सदस्यहरुमा भीम घलान, पुर्णबहादुर माझी, नेत्रबहादुर राई, रामशरण माझी, सुरेन्द्र थापा मगर, वविता बलामी, सिंहबहादुर थिङ, विष्णु श्रेष्ठ, नारायण थपलिया, किरण बलामी, विकास श्रेष्ठ, सुनिलखड्की र तायस अन्सरी चयनभएका छन् । भेलाले मकवानपुर जिल्लाबाट बागमती प्रदेश नेपाल सितोरियो कराँते संघको लागि
रोशन बलामी, दीर्गबहादुर लामा, प्रमिला तामाङ ठकुरी, दिपक लामा र विष्णु श्रेष्ठलाई प्रतिनिधि पठाउने निर्णय गरेको छ ।

मकवानपुर जिल्ला कराँते महासंघका उपाध्यक्ष भुवन खनालको अध्यक्षता तथा महासंघ बागमती प्रदेश प्रमुख गगन लामाको प्रमुख अतिथ्यता रहेको भेलामा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेष खड्कीको उपस्थिति रहेको थियो ।कार्यक्रममा मध्यमाञ्चल खेलकुद विकास समिति उपनिर्देशक सुरेन्द्र श्रेष्ठ, कराँते महासंघ बागमती प्रदेश सहसचिव चित्रबहादुर राना, प्याराग्लाइडि· संघ बागमती प्रदेश उपाध्यक्ष दुर्गा तिमल्सिनाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*