नगरस्तरीय चित्रकलामा बिपिका प्रथम
हेटौंडा-नगरस्तरीय चित्रकला प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नं ७ की बिपिका गौतम प्रथम भएकी छिन् । शनिवार नगरस्तरीय बालसमूह संजाल, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको नगरस्तरीय चित्रकला प्रतियोगितामा सहभागी १८ जना प्रतियोगिलाई पछि पार्दै गौतम प्रथम भएकी हुन् ।गौतमले नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा हेटौंडा–२ स्थित बालजागृति सेकेण्डरी बोर्डिङ स्कूलकी स्वस्ति शाक्यले दोश्रो स्थान प्राप्त गरेकी छन् । शाक्यले एक हजार पाँच सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।
प्रतियोगितामा हेटौंडा–१३ का समीर गोले तृतीय हुँदा एक हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा हेटौंडा–६ का सुरज श्रेष्ठ सान्त्वना हुँदा पाँच सय रुपैयाँ प्राप्त गरे । बालअधिकार विषयमा भएको नगरस्तरीय चित्रकला प्रतियोगितामा चित्रकार सूर्य सन्यासीले मुख्य निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
नगरस्तरीय बालसमूह संजाल, हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष सौरज देवकोटाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको चित्रकला प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका महिला तथा बालविकास महाशाखाका निर्देशक विष्णुकुमारी लामिछाने, बालमैत्री नगर सम्पर्क व्यक्ति बिना ठिके, हेटौंडा–१२ का बालमैत्री सम्पर्क व्यक्ति गीता परियार, बालमैत्री नगर सहजकर्ता सपना ढुंगाना, लगायत वडाका बालमैत्री वडा सहजकर्ताहरुको उपस्तिथि रहेको थियो ।