बज्रवाराही चौर स्तरीकरण गरिंंदै

साझाकुरा
२०८० भाद्र १५, शुक्रबार ११:३२

हेटौंडा-थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रवाराही चौरको स्तरीकरण थालिएको छ । उत्तरी मकवानपुरकै प्रसिद्ध मन्दिर बज्रवाराही मन्दिरसँगै रहेको चौरमा चाइनिज दुबो लगाइएको छ । थाहा नगरपालिका वडा नम्बर ६ को कार्यालयले आठ हजार वर्गफिट क्षेत्रफलमा चाइनिज दुबो लगाएको हो । दुबो खरिद गरी स्थानीयको जनश्रमदानमा दुबो लगाइएको बताउँदै वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले चौरको आधा भागमा प्राकृतिक रैथाने दुबो रहेकाले त्यसलाई नै फैलने वातावरण निर्माण गरिने जानकारी दिए ।

दुबो लगाउन मात्र तीन लाख खर्च हुने देखिएको छ र तीन लाख रुपैयाँचौरको संरक्षण गर्न लागेको बताइएको छ । चौरमा अशोकलगायत बिरुवा लगाएर चौरको सौन्दर्र्यीकरण गर्ने योजना रहेको उनले जानकारी दिए । बज्रवाराही मन्दिरमा हरेक तीनवर्षमा लाग्ने जात्रा भर्न आएकाहरु सोही चौरमा नै जम्मा भएर भजनकीर्तन र शुभकामना आदानप्रदान गर्छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*