जिल्ला खेलकुदद्वारा न्यु डाँफेलाई सहयोग

साझाकुरा
२०८० भाद्र १७, आईतवार ०९:१७

हेटौंडा-जिल्ला खेलकुद विकास समिति मकवानपुरले न्यू डाँफे युवा क्लबलाई खेलाडी अभ्यासका लागि आवश्यक पर्ने खेलकुद सामग्री सहयोग गरेको छ ।जिल्लाबाट राम्रा खेलाडी उत्पादन गर्ने उद्देश्यसहित निःशुल्क फुटबल प्रशिक्षण सुरु गरेको न्यू डाँफेलाई जिल्ला खेलकुद विकास समितिद्वारा ४० हजार बराबरको खेलकुद सामग्री प्रदान गरिएको हो । जसमा फुटबल, मार्कर कोण, ल्याडर, बिप्स लगायतका सामाग्री एक कार्यक्रमबीच खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले न्यु डाफे युवा क्लबका अध्यक्ष आलोक स्याङतान तथा प्रशिक्षक ज्ञानु क्षेत्रीलाई हस्तान्तरण गरे ।

खेल सामग्री हस्तान्तरण गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खडगीले खेल सामग्रीको अभावले कुनैपनि खेलाडी खेल्नबाट बञ्चित नहोस भन्ने उद्देश्यले न्यु डाँफेलाई आवश्यक खेल सामग्री सहित साथ दिएको बताए । क्लबले हेटौंडा–६ स्थित गौरीटार रंगशालामा शुक्रबार, शनिबार र सार्बजनिक बिदाको दिनमा प्रशिक्षण गराउने भएको छ । ९ देखि १६ वर्षसम्मका खेलाडी प्रशिक्षण सहभागी छन् । प्रशिक्षण कार्यक्रमको पहिलो दिन ४० भन्दा बढी खेलाडीले सहभागिता जनाएको प्रशिक्षक क्षेत्रीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*