ब्याडमिन्टन संघको अध्यक्ष घिमिरे

साझाकुरा
२०८० भाद्र १७, आईतवार ०९:२१

हेटौंडा- मकवानपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा ध्रुवप्रसाद घिमिरे चयन भएका छन् । शनिबार हेटौंडामा भएको एक भेलाले घिमिरेको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरेको हो ।संघको वरिष्ठ उपाध्यक्षमा विजयसिंह ठकुरी, उपाध्यक्षमा माधवी बोस, सुरेन्द्र प्रधान र देवबहादुर घिमिरे, सचिवमा प्रल्हाद उप्रेती, कोषाध्यक्षमा बिरु गुरुङ र सह–कोषाध्यक्षमा सगुन स्याङ्तान चयन भएका छन् । यस्तै सदस्यमा केवलराज बानियाँ, सन्तोषकुमार क्षेत्री, दीपकसिंह बुढाथोकी, यादवज· रायमाझी, भुवन थापा, कुमार गोले, विक्रमसिं लामा, जीवन ठकुरी, नरेन्द्र मोक्तान, नवराज राई, रमेश रेग्मी र गुणबहादुर घलान चयन भएका छन् । संघका सल्लाहकार हीरालाल श्रेष्ठको अध्यक्षतामा भेला भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*