‘फिचर सङ्गालो’ पुस्तक विमोचन

साझाकुरा
२०८० भाद्र २१, बिहीबार ११:३४

हेटौंडा-नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रकाशन गरेको ‘फिचर स·ालो’ पुस्तक बुधबार महासंघको सभाहलमा विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल, प्रदेश अध्यक्ष शिब देवकोटालगायतले पुस्तक विमोचन गरेका हुन् ।महासंघ मकवानपुर शाखाको आयोजनामा पुस्तक बिमोचन तथा मनहरीगाउँपालिकाद्वारा प्रदान गरिएको सामग्री हस्तान्तरण कार्यक्रमका अवसरमा बोल्दै महासंघका अध्यक्ष पोख्रेलले फिचर लेखन, खोज समाचार लेखन गर्नेहरुले काम गरेर पारिश्रमिक पाइन भन्ने समस्या नहुने बताए । उनले पत्रकार महासंघको सदस्यता सुद्धीकरण अभियान निरन्तर चलिरहने बताए ।

महासंघले वार्षिकरुपमा आयोजना गरेको फिचर समाचार लेखन प्रतियोगितामा प्राप्त समाचारलाई फिचर स·ालो पुस्तकका रुपमा प्रकाशन गरिएको हो । फिचर स·ालोमा २०८० सालमा सर्वोत्कृष्ट र उत्कृष्ट हुन सफल फिचर समाचार र २०७९ सालमा प्रथम, द्वितीय र उत्कृष्ट हुन सफल फिचर समाचारलाई पुस्तकमा समेटिएको छ । फिचर स·ालोमा २२ वटा फिचर समाचारहरु रहेका छन् ।

खण्ड क र ख गरी दुई भागमा विभाजन गरिएको फिचर स·ालो २०० पृष्ठको छ । खण्ड ‘क’ को फिचरलेखन प्रतियोगिताका निर्णायकहरु बागमती प्रदेश संचार रजिष्ट्रार रेवती सापकोटा, पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप बिष्ट र महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की रहेका छन् । तयस्तै दोस्रो खण्ड ‘ख’ को निर्णायकहरुमा पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्य, राममणि दाहाल र अग्रज संचारकर्मी रामकुमार एलन रहेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, हेटौंडा उपमहानगरपालिका प्रवक्ता एवम् वडा नं. १ का वडाध्यक्ष सविन न्यौपाने, वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देल, महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु भानुभक्त आचार्य, राममणि दाहाल, हरि हुमागाईं लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मकवानपुरको मनहरी गाउँपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखालाई प्रोजेक्टर र १०० थान प्रेस ज्याकेट हस्तान्तरण गरेको
छ । फिचर स·ालो पुस्तक विमोचन तथा सामग्री हस्तान्तरण कार्यक्रम महासंघ जिल्ला अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*