प्रदेश अधिवेशनको तयारीमा जुट्यो एमाले मकवानपुर

साझाकुरा
२०८० भाद्र २३, शनिबार १२:४९

हेटौंडा-नेकपा एमालेले बागमती प्रदेशको प्रथम अधिवेशनको तयारीमा पाटी जिल्ला कमिटी जुटेको छ । एमालेको आगामी असोजमा काठमाडौंमा हुने प्रथम बागमती प्रदेश अधिवेशनको लागि तयारी थालिएको हो ।आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने प्रथम बागमती प्रदेश अधिवेशनको लागि मकवानपुरका ११ हजार ६ सय ८४ पार्टी सदस्यबाट १ सय २५ बरावर १ जना, मजदुर, पेशागत र उत्पीडित क्षेत्रबाट ५० जना बरावर १ जनाको व्यवस्था भएको र करिव १ सय जना प्रतिनिधि चयन हुने जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए ।

पालिकाको १०, मजदुर र पेशागत क्षेत्रबाट १ जना र उत्पीडित क्षेत्रको प्रतिनिधिसभा २ क्षेत्र गरी १३ वटा प्रतिनिधि छनोट केन्द्र रहने छ । भाद्र २७ गते एकैदिन केन्द्रमा प्रतिनिधि छनोट हुने सचिव सिग्देलले बताए ।

नेकपा एमाले केन्द्रीय पोलिटव्यूरो सदस्य तथा मकवानपुर ईञ्चार्ज देवी ज्ञवालीले पार्टीलाई बलियो बनाउनको लागि नेता कार्यकर्ताले त्याग गर्न तयार हुनुपर्ने बताएका छन् । ज्ञवालीले विभिन्न पार्टीबाट प्रवेश गर्नेलाई जिम्मेवारी दिन र नयाँ पुस्तालाई समेटेर नै पार्टी बलियो बनाउनुपर्ने बताए । पार्टी कामको जिम्मेवारी सहमति र समझदारीका साथ लिनको लागि उनले निर्देशन समेत दिए ।

पार्टी मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सदस्यहरु केदार न्यौपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य सूर्यचन्द्र न्यौपाने, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेल, प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*