साहित्य संगमको नियमित सन्ध्या र अधिवेशन
हेटौंडा- मकवानपुरे साहित्यकारहरुको अग्रणी संस्था साहित्य संगम मकवानपुरको ३३४ औँ नियमित सन्ध्या तथा १६ औं अधिवेशन शनिवार हेटौंडामा भएको छ ।
३३४ औँ नियमित सन्ध्या कार्यक्रममा ५ जना नवसर्जक साहित्यकारले आ–आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रमको अबसरमा संस्थाले पत्रकारदेखि शिक्षक र समाजसेवीलाई सम्मान प्रदान गरेको छ ।
साहित्य संगमले प्याब्सन मकवानपुरका अध्यक्षसमेत रहेका बालजागृति इङलिस बोर्डिङका संस्थापक प्रिन्सिपल विनोद सुवेदी, नवोदय शिशुसदन विद्यालयका निर्देशक दीपेश जोशी, नेपालहृदयरोग निवारण प्रतिष्ठानका सभापति हरिवंश भेट्वाललाई सम्मान प्रदान गरेको छ । यसैगरी, साहित्य संगम मकवानपुरका विभिन्न गतिबिधिलाई समाचारमार्फत नागरिक समक्ष पु¥याएको भूमिकाको कदर गर्दै प्रशंसापत्रसहित पत्रकार केशव सुवेदी समर्पणलाई सम्मान गरेको छ ।
संस्थाकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष तथा सल्लाहकार हास्यव्यंग्यकार आर.सी. रिजालको प्रमुख आतिथ्यता रहेको थियो । साहित्य संगम मकवानपुरमा २ सय ४४ जना स्रष्टाहरु आवद्ध छन् । कार्यक्रममा साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष निमेष निखिल, प्याब्सन मकवानपुरका अध्यक्ष सुवेदीलगायतले बोलेका थिए ।
अध्यक्ष डीबी बर्तौला निर्वाचित साहित्य संगम मकवानपुरको १६ औं अधिवेशन अन्तर्गत भएको निर्वाचनको मतपरिणाम अनुसार अध्यक्षमा डीबी बर्तौला निर्वाचित भएको छन् । बर्तौलाले ९७ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी पुरुषोत्तम आचार्यले ८१ मत पाएका थिए । त्यस्तै उपाध्यक्षमा सानु खनालले १२१ मत ल्यायएर बिजयी हुँदा निकटतम प्रतिद्वन्दी एसके निधनले ५६ मत पाएका छन् । सचिवमा मनोज पोखरेलले ११० मत ल्याइ बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी एस लामाले ६४ मत पाएका छन् ।
संगमको सहसचिवमा भवानी तिमल्सिना र कोषाध्यक्षमा मेनु तिमल्सिना निर्विरोध भएका थिए । शनिबार राति १० बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार सदस्यहरुमा रजनी पौडेल (१२४), स्वस्तिका बानियाँ (११८), कृतिका लौडारी (९९), कुबेर पराजुली (८३) मतसहित निर्वाचित भएका छन् । सदस्यमा मिनप्रसाद लामिछानेले ७६, बैकुण्ठ लामिछानेले ७५ र सिएम रिमालले ७९ मत ल्याएर कार्यसमितिको सदस्यबाट बाहिरिएका छन् । कुल मतदाता २ सय ४४ रहेकोमा १ सय ८२ मत खसेको थियो ।