हेटौंडामा कन्सर्ट गर्दै ‘दी एक्स’

साझाकुरा
२०८० भाद्र २६, मंगलवार १०:०१

हेटौंडा- हेटौंडामा ‘दि एक्स’ ब्याण्डले सांगीतिक कार्यक्रम (कन्सर्ट) गर्ने भएको छ । दि एक्सले आउँदो भदौ ३० गते शनिबार हेटौंडा–५ स्थित रिगल हेटौंडा रिसोर्टमा सांगीतिक कार्यक्रम गर्ने भएको हो ।मंगलबार हेटौंडामा पत्रकार भेटघाट गर्दै आयोजक नेपाल डाइरिज हेटौंडा प्रालिले कन्सर्टको तयारी तीब्ररुपमा भइरहेको जानकारी दिएको छ । नेपाल डाइरिजका प्रमुख सागर गजुरेलका अनुसार दि एक्सले पहिलोपटक हेटौंडामा सांगीतिक कार्यक्रम गर्न लागेको हो ।

कन्सर्टमा करिब ७ लाख खर्च हुने अनुमान गरिएको र टिकटबाट प्राप्त हुनेरकमबाट खर्च कटाएर बाकी रकम आर्थिक अवस्था कमजोर भएकोकारण पढाईमा समस्या भएका विद्यार्र्थीहरुलाई सहयोग गरिने गजुरेलले बताए ।

डाइरिज हेटौंडाका कार्यक्रम संयोजक समीर सापकोटाका अनुसार कन्सर्ट प्रवेश शुल्क टिकटदर प्रतिव्यक्ति एक हजार रुपैयाँ राखिएको छ । टिकटमा दर्शकलाई पेयपदार्थ निःशुल्क उपलब्ध गराइने ब्यबस्था गरिएको छ ।सांगीतिक कार्यक्रम शनिबार अपरान्ह ४ बजेदेखि राति १० बजेसम्म जारी रहने छ । यस्तै स्थानीय कलाकार र ब्यान्डहरुको प्रस्तुति रहने कार्यक्रममा १ हजार भन्दा बढी दर्शकले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*