बालिका मृत्यु प्रकरणमा स्वास्थमन्त्रीलाई थाहा नगर कांग्रेस समितिको ज्ञापनपत्र

साझाकुरा
२०८० भाद्र २७, बुधबार ०९:२३

हेटौंडा- नेपाली कांग्रेस थाहानगर समितिले कान्तिबाल अस्पतालमा थाहा नगरपालिका–१० की बालिकाको अस्पतालको लापरबाहीबाट मृत्यु भएपछि घटनाको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ ।कांग्रेस थाहानगर समितिले बालिकाको मृत्युको घटना सम्बन्धमा छानबीन र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै मन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाएको हो । थाहा नगरपालिका–१० घर भई मकवानपुरकी काठमाडौंको बाफल बस्ने पाँच वर्षीया रेजिशा गोपालीलाई उच्चज्वरो आएपछि आमा रीता गोपाली र हजुरबुवा कृष्णबहादुर गोपालीले भदौ १८ गते साँझ ५ बजे उपचारका लागि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा पु¥याएका थिए ।

अस्पताल पु¥याएपछि दुई घण्टासम्म कुर्दा पनि आकस्मिक उपचार नपाएपछि सोही दिन साँझ ७ बजे रेजिशाको मृत्यु भएको थियो ।नेपाली कांग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीले घटनाको वास्तविकता छानबीन गरी दोषीमाथि कारबाहीको माग र पीडितका परिवारलाई क्षतिपूर्तिको माग राख्दै स्वास्थ्यमन्त्री बस्नेतसमक्ष ज्ञापनपत्र बुझाएको जानकारी दिए । कांग्रेस नगरसभापति जोशीले आकस्मिक सेवाका लागि लगेका बिरामीको पहिचान नगरी ओपिडीमा जस्तै लाइनमा नै बस्नु पर्ने प्रशासनको गैरजिम्मेवारीपूर्ण नियमका कारण बालिकाले समयमा उपचार नपाएको परिवारको गुनासो रहेको उनले बताए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले कान्ति बाल अस्पतालमा भएको बालिका मृत्यु प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।कांग्रेस थाहानगर सभापति जोशीले भन्ने, मन्त्री बस्नेतले घटनाको छानबीन गरी दोषी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयले कान्ति बाल अस्पतालको घटनाका विषयमा छानबीन गर्न मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई मन्त्री बस्नेतले निर्देशन दिएसँगै छानबीन समितिसमेत बनाएको छ । ज्ञापनपत्र बुझाउन कांग्रेस नगरसभापति जोशीको नेतृत्वमा भरत लामा, रामकृष्ण गमाल, विक्रम गोपाली, कुलचन्द्र अर्याल, श्रीकृष्ण केसीलगायत कांग्रेस नेता तथा कार्यकर्ताहरु मन्त्रालय पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*