शिखर इन्स्योरेन्सको थाहामा वित्तीय साक्षरता

साझाकुरा
२०८० भाद्र २८, बिहीबार ०८:४८

हेटौंडा-समाजका लक्षित वर्ग, बालबालिका, महिला, किसान, जेष्ठनागरिक आदिसँगै आमनागरिकलाई बीमाका बारेमा बुद्धिमतापूर्ण निर्णय लिन सक्ने अवस्थामा पु¥याउन शिखर इन्स्योरेन्स पालुङ शाखाले बित्तीय साक्षरता प्रदान गरेको छ ।नेपाल लाइफ इन्स्योरेन्स पालुङ उपशाखाको शाखाप्रबन्धक नरहरि पौडेलको सभापतित्व तथा थाहा नगरपालिका–४ का वडाअध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिका पशुशाखाकी मनिषा कटुवालमगर, मंगलदीप बचत तथा ऋण सहकारीका व्यवस्थापक गणेश बिष्ट, प्रभु बैंक पालुङ शाखाका शाखा प्रमुख आशिष गौतम, पालुङ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक प्रकाश पौडेल, सहव्यवस्थापक रामप्रसाद ढकाल लगायत स्थानीय कृषक तथा व्यवसायीको उपस्थिति रहेको थियो ।

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा बीमा सेवाप्रदायक निकायको संस्थागत प्रणालीगत सुधार, कृषि लघुउद्यम बीमा सेवामा पहुँच र घुम्ती बीमाजस्ता कार्यक्रम समेटिएका छन् । त्यसको सही ढंगबाट कार्यान्वयन गर्नको निम्ति साक्षरता कार्यक्रमको आयोजना गरेको शिखर इन्स्योरेन्स पालुङ शाखाका शाखाप्रबन्धक कर्मज्ञान अधिकारीले बताए । अधिकारीले बीमा जनचेतना मात्र होइन, उसले आफ्नो जीवन र सम्पत्तिको जोखिम हस्तान्तरण गर्ने चेतनासँगै जागरुकता जगाउन बीमा साक्षरताको आबश्यकता रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*