यामाहाको ‘एफजेड–एस एफआई भी ३’ मोटरसाइकल सार्वजनिक

साझाकुरा
२०८० भाद्र २९, शुक्रबार १२:३४

हेटौंडा- हेटौंडाका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक राज मोटर्सले एफजेड–एस एफआई भी ३ को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले विहीबार मोटरसाइकल सार्वजनिक गरेका हुन् ।मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङमा उपलब्ध रहेको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिए ।

नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिस तत्व थपेको उनले बताए । एफजेड–एस एफआई भी ३ उत्कृष्ट ह्यान्डलिङ र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित छ । फ्युल इन्जेक्सन १४९ सीसीसहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित एफजेड–एस एफआई भर्सन ३ मा एयर–कुल्ड फोर–स्ट्रोक १४९ सीसी एसओएचसी, दुई–भल्भ, एकल–सिलिन्डर इन्धन–इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ ।

जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाइलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक गरिएको छ । यसबाहेक यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित छ । यामाहा कम्पनीका एरिया सेल्स म्यानेजर मणिभुषण चौधरीले भने, ‘एफजेड–एस एफआई भी ३ धेरै मोटरसाइकलप्रेमीहरुको मनमा बस्न सफल मोडेल हो । त्यसैले हामी यसको नयाँ रङ विकल्पहरु, नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेट सहितको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा हर्षित छौँ।’

‘नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टीनेस, स्टाइल र उत्साहका विशेषतालाई साँच्चै झल्काउनेछ । यामाहा एफजेड–एसले सधैँ आफ्नो दायरा फराकिलो पार्दै प्रदर्शन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ’, चौधरीले भने, ‘हामी नेपाली बजारमा यी अपडेटहरु ल्याउन पाउँदा अत्यन्त खुसी छौँ । हाम्रा राइडरहरुले उत्कृष्ट देखिने मात्र नभई रमाइलो राइडिङको अनुभव पनि प्रदान गर्ने मोटरसाइकल प्राप्त गर्दै छन् ।’ यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आÇनो विरासत बनाइरहेको छ । एफजेड–एस एफआई भी ३ मोटरसाइकलको मूल्य ४ लाख ४ हजार ९ सय रुपैयाँ रहेको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*