थाहा सौन्दर्य प्रतियोगिता फाइनल ३० गते

साझाकुरा
२०८० भाद्र २९, शुक्रबार १२:५७

हेटौंडा-थ्रि ब्रदर्श फोटोग्राफीको आयोजनामा भइरहेको मिस्टर एण्ड मिस थाहा सौन्दर्य प्रतियोगिताको फाइनलमा कलाकार सलोन बस्नेत सहित ५ जना निर्णायक आउने आयोजकले जनाएको छ ।३० भदौमा पालुङ जेसीज हलमा हुने फाइलमा कलाकार बस्नेतसंगै थाहाका कोरियोग्राफर बिजयश्याम अमात्य, मोडल तथा कोरियोग्राफर एलिना गुरुङ, मोडल सेन्जल पौडेल, फेसन मेनिया ब्रान्ड एम्बेसडर सुस्मिता श्रेष्ठ निर्णायकको रुपमा रहने छन् । ¥याप गाएक सफल बिष्ट (विसफ) को सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

आगामी ३० भदौमा हुने अन्तिम प्रतिष्पर्धामा मिस थाहातर्फ सिम्रन कार्की, निकिता गोपाली, अज्मी बम्जन, सम्झना तामाङ, बिस्मिता गोपाली, प्रिती गोले, रोइसा सुनुवार, रोजिना तामाङ, दिया तामाङ, मञ्जु तामाङ, अमृता कार्र्की, प्रिती कार्र्की र श्रीया कार्र्की भिड्दैछन् ।

त्यसैगरी मिस्टर थाहातर्फ सविन विश्वकर्मा, नवीन सुनार, पल्लब खत्री, विराज कार्र्की, ओजस खत्री, दिप्सन खत्री सहितको टोली मैदानमा छन् । थाहा नगरपालिकाको सहकार्य रहेको ट्यालेन्ट शोमा १० देखि २५ वर्ष उमेर समूहका व्यक्तिको सहभागीता छ ।

प्रतियोगिताको प्रथम अडिशन ९ भदौमा जेसीज हलमा सम्पन्न भएको थियो । प्रथम अडिशन सम्पन्न भएसँगै आयोजकले सहभागीलाई व्यक्तित्व तथा क्षमता विकास सम्बन्धी सीपमा सहभागी गराउँदै आएको छ । ३० भदौमा हुने सौन्दर्य प्रतियोगिताबाट मिस र मिस्टर दुबैतर्फ विनर, फस्ट रनर अप, सेकेण्ड रनर अप र ब्राण्ड एम्बेसेडर घोषणा गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*