एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा चेपाङ र लामा, मुनु इञ्चार्ज

साझाकुरा
२०८० भाद्र २९, शुक्रबार १३:००

हेटौंडा-नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । गएको ५–७ भदौको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनीत गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।अन्तरपार्टी निर्देशन अनुसार मकवानपुरबाट दुईजना केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । मनोनित हुनेमा संविधानसभा सदस्य गोविन्दराम चेपाङ र हेटौंडाकी मेयर मीनाकुमारी लामा छन् । मेयर लामा यसअघि पार्टी जिल्ला उपाध्यक्ष थिइन् । एकीकृत समाजवादीले लामा र चेपाङसँगै अजयबहादुर मल्ल (बाजुरा),ओमचरण अमात्य (भक्तपुर), गौतम राई (काठमाडौं), चन्द्रा श्रेष्ठ (झापा), चिरञ्जीवी भट्टराई (सुनसरी), जयप्रकाश यादव (बारा) र दीपक केसी (काठमाडौं) लाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

यस्तै धनबहादुर कार्की (रामेछाप), धर्म शाही (मुगु), नन्द बञ्जाडे (काठमाडौं), बरुनाथ योगी (दैलेख), बैकुण्ठ भुसाल (पर्वत), भक्तिमान सुब्बा (पाँचथर), रामप्रसाद ढुंगाना (काठमाडौ), लंक हमाल (कपिलवस्तु), शालिकराम भट्टराई (नवलपरासी पूर्व), शिवकुमारी खनाल (काठमाडौं), शैलेन्द्र उपाध्याय (रुपन्देही) र सुदेश पराजुली
(काठमाडौं) छन् ।

यसैगरी, एकीकृत समाजवादीले पार्टी मकवानपुर जिल्ला इञ्चार्जमा पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी पूर्वसांसद मुनु सिग्देललाई जिम्मेवारी दिएको छ । सिग्देलले जिल्लासँगै प्रतिनिधिसभा क्षेत्र नम्बर १ को इञ्चार्जको जिम्मेवारीसमेत पाएकी छन् । मकवानपुरमा पार्टीका तीनजना सहइञ्चार्ज छन् । पार्टी केन्द्रीय सदस्य गोमा तिमिल्सिना मकवानपुर जिल्ला सहइञ्चार्ज तथा प्रतिनिधिसभा क्षेत्र नम्बर २ को इञ्चार्ज, केन्द्रीय सदस्यद्वय राजाराम स्याङ्तान र मीनाकुमारी लामाले पार्टी जिल्ला सहइञ्चार्जको जम्मेवारी पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*