हेटौंडा एकेडेमीमा बालदिवस मनाइयो
हेटौंडा- हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा ‘हेटौँडा एकेडेमी बालसमूह’ ले विशेष कार्यक्रम आयोजना गरी ५९ औं राष्ट्रिय बालदिवस मनाइएको छ । हेटौंडा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालको प्रमुख आतिथ्यता र प्राचार्य गौरीदेवी चिमरियाको विषेश आतिथ्यमा आयोजित कार्यक्रमको अध्यक्षता हेटौंडा एकेडेमी बाल समूहका अध्यक्ष एवं कक्षा १० का विद्यार्थी सुरजकुमार चौरसियाले गरेका थिए ।
‘बालबालिकामा लगानीःसुनिश्चित भविष्यको थालनी’ भन्ने नाराकासाथ हेटौंडा एकेडेमीको प्रा·णमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीले नृत्य र गायनविधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिमालले बालदिवसले बालबालिका तथा अन्य सरोकारवालालाई बालअधिकार तथा आजका बालबालिकालाई भोलिको जिम्मेवार नागरिकमा रुपान्तरण गर्नका लागि ध्यान पु¥याउनु पर्ने बताए ।
बालबालिकाको भबिष्य भनेको देशको भबिष्य हो भन्ने कुराको बारेमा थप सचेत बनाउने रिमालले विश्वाश व्यक्त गरे । बालअधिकारसँगसँगै बालबालिकालाई कर्तव्य र असल संस्कार सिकाउनुपर्ने कुरामा रिमालले जोड दिए । कार्यक्रमलाई विद्यालयका कक्षा ८ मा पढ्ने छात्रा क्रितिषा सापकोटा र कक्षा ७ मा पढ्ने छात्र पृथक रिमालले संचालन गरेका थिए ।