असोज तेस्रो हप्ताबाट नागस्वती भेट्रान्स फुटबल

साझाकुरा
२०८० भाद्र ३१, आईतवार १२:४३

हेटौंडा- हेटौंडामा दुई लाख राशीको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडामा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स कल्बले आगमी असोज १६ गतेदेखि दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने बताएको हो ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सोमबहादुर तितुङ्ले प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका खेलाडीको सहभागिता रहने बताए ।

प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको क्लबका अध्यक्ष तितुङले बताए । उनले प्रतियोगितामा देशभरका १८—२० वटा क्लबहरुको सहभागिता रहने बताए । प्रतियोगिताको लागि खेलमा १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ आयोजना गर्न लागेको प्रतियोगिताले पूर्व खेलाडीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने उनले बताए । तीन बर्ष अघि स्थापना भएको यस क्लबले पहिलो वर्ष आयोजना गरेको प्रतियोगितामा आयोजक आफैले उपाधी हासिल गर्न सफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*