कृषि र पशुपालन निर्वाहमूखी मात्र

साझाकुरा
२०८० आश्विन ५, शुक्रबार ०९:०१

हेटौंडा- भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र हेटौंडाको आयोजनामा सरोकारवाला निकायको उपस्थितिमा वार्षिक कार्यक्रम समीक्षा तथा सार्वजनिक भएको छ । कार्यक्रममा चालु आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरिएको हो । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ मकवानपुरका कार्यालय प्रमुख डा.बज्रकिशोर ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइटेलको प्रमुख आतिथ्यता रहेको थियो । उपप्रमुख लुईंटेलले कृषि र पशुक्षेत्र अझै पनि किसानको निर्वाहमुखी मात्र भएको बताए ।

उनले कृषिक्षेत्रको रुपान्तरणको लागि अगाडि बढ्न किसानलाई हौसला मिल्नेखालका कार्यक्रम ल्याउन सके किसानको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने वताएका छन् । जतिसक्यो चाँडो किसानसमक्ष सीमित स्रोत साधनकाबीच गरेको कुनै पनि कार्य समन्वय गरी अगाडि बढ्न वेलैमा सजग हुनु लुईंटेलले आग्रह गरे । कार्यक्रममा पशुपक्षी तथा मत्स्य विकास निर्दैशनालय बागमती प्रदेश हेटौंडाका डा.गौरीमान श्रेष्ठले मकवानपुर कृषि र पशुपालनमा अग्रणी स्थानमा रहेकोले कृषि र पशुपालनलाई पछाडि राख्दा जिल्ला समृद्ध नहुने बताए ।

पशुमा लगानी गरेको खण्डमा कृषि व्यवसाय फस्टाएर जान्छ भन्दै श्रेष्ठले कृषि र पशुपालनमा बकैया गाउँपालिकाको जनप्रतिनिधिले प्रस्तुत गरेको प्रतिवेदनलाई प्रशंसा सहित उदाहरण दिए । पहिला सांगठानिक ढाँचाले आफूहरुलाई बाँधेर राखेको थियो । तर, अहिले त्यो व्यवस्था हटेर गइसकेकोले काम गर्न सहज हुने उनले वताए । कार्यक्रममा कैलाश गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले अझै पनि निर्वाहमुखी पशुपालन नभएको बताए । राज्यले गाँजाखेतीलाई नीति बनाएर दियो भने स्थानीयको आर्थिक समृद्धि हुने उनले बताए ।

कैलाश गाउपालिका यसै पनि विकट छ । जहा बर्खाको बेला बाढीपहिरोका कारण अवरोध आउँछ, जसको कारण समयमै सोचेजस्तो सेवा प्रदान गर्न अवरोध हुने गरेको मल्लले बताए । लम्पी स्किनको महामारीको समयमा प्राविधिक खटाएर सेवा दिन गाउपालिका सक्षम भएको उनले वताए । कैलाश गाउपालिकालाई सरोकारवालाले ध्यान दिन आग्रह गर्दै अनुगमन गर्न अप्ठ्यारो रहेतापनि जेनतेन पालिकाले किसानलाई सुविधा प्रदान गर्दै आएको वताए ।

कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले भेटेरीनरी अस्पतालसँग मिलेर काम गर्ने चाहना रहेको वताएका छन् । उद्योग कलकारखानाको उचित मूल्याड्ढन हुन नसक्दा कृषिमा आधारित हुनुपरेको उनले वताए । नेपाललाई विषादिमुक्त बनाउने हो भने कृषिलाई अविलम्ब राष्ट्रियकरण गर्नुपर्ने वताए । कार्यक्रममा गढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले गढी गाउँपालिकाले कृषिमा उल्लेख्य परिपरिवर्तन गरेको वताएका छन् ।

बाख्रापालन, गाईपालन, तरकारी खेतीमा गढी गाउँपालिकाले किसानको जीवनशैली परिवर्त गरिदिएको उनले बताए । गढी गाउँपालिकाले स्थानीय प्रवद्र्धनलाई प्राथमिकतामा राखेर दिवाखाजामा समेत कोदोको रोटी, फापरका परिकार वनाएर किसानको आत्मवल बढाएको लामाले बताए ।
कार्यक्रममा योजना महासंघप्रमुख कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश हेटौंडाका सुजन कंडेलले कृषिलाई तीनै तहबाट संचालन भएको अनुदानको दुरुपयोग भएको खण्डमा छोड्न नमिल्ने वताएका छन् ।

सबै स्थानीय तहका कृषि प्राविधिकले २०८०÷८१ को कार्यक्रमहरु सार्वजनिक गरेका थिए । भेटेरीनरी अस्पतालतथा पशुसेवा विज्ञकेन्द ्रमकवानपुरका प्रमुख डा ठाकुरले कुनै पनि कार्यलाई समन्वय गर्न पालिकासँग सम्भव भएसंम्म आ–आफ्नो क्षेत्रलाई मर्ज गरेर कार्यक्र गर्ने बताए ।
कुनैपनि काम उद्घोष गरेर पछि नहट्न डा ठाकुरले अनुरोध गरेका छन् ।

किसानको मनोभावना वुझेर हरेक किसानको घरदैलोमा पुगेर सेवा दिने सवालमा कहिलेकहीँ नचाहँदा नचाहँदै पनि कमीकमजोरी हुनसक्ने बताउँदै त्यसलाई सुधारेर अगाडि वढ्न उनले आग्रह गरेका छन् । कार्यक्रममा प्रदेश दुग्ध विकास वोर्डका उपाध्यक्ष टीकावल्लभ सापकोटा, थाहा नगरपालिका–३ का वडाअध्यक्ष हिरेन्द्रकुमार रायमाझी, वकैया गाउँपालिका–९ का वडा अध्यक्ष टंकध्वज लोप्चन लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*