२ नं. वडालाई मकवानपुरगढीको भेट्रान्स फुटसल उपाधि

साझाकुरा
२०८० आश्विन ७, आईतवार ११:५९

हेटौंडा- मकवानपुरगढी गाउँपालिकास्तरीय भेट्रान्स कप फुटसलको उपाधि खेलकुद विकास समिति मकवानपुरगढी–२ ले जितेको छ विजयादशमीको अवसरमा प्रतिभा युवा क्बलले आयोजना गरेको मकवानपुरगढी गाउँपालिकास्तरीय भेट्रान्स कप फुटसल प्रतियोगिताको फाईनलमा सेर्से गुम्बा मकवानपुरगढी–४ लाई २–१ ले हराउँदै २ नम्बर वडाको खेलकुद विकास समितिले जितेको हो । विजेता टोली २ नम्बर वडाले शनिवार भएको सेमिफाइनलमा मकवानपुरगढी–५ आमभञ्ज्याङलाई ६–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

उपविजेतामा चित्त बुझाएको सेर्से गुम्बाले सेमिफाइनलमा गढी स्टार स्पोर्टस् क्लबलाई ४–० गोल अन्तरले हराएर फाइनमा पुगेको थियो ।
उपाधि विजेता २ नम्बर वडा खेलकुद विकास समितिले ३० किलोको खसी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सेर्से गुम्बा मकवानपुरगढी–४ ले २० किलोको बोका, शिल्ड, मेडल र प्रमाणपत्र पाएको हो ।

प्रतियोगितामा सेर्से गुम्बाका गौरव घलान उत्कृष्ट खेलाडी घोसित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतिभा युवा क्लबका खेल संयोजक बिक्रम लामाको अध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङ्तानको प्रमुख आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*