बालजागृति बोर्डिङमा विज्ञान र कारखाना किड्सको प्रदर्शनी

साझाकुरा
२०८० आश्विन ९, मंगलवार ०९:५६

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–२ मा रहेको बालजागृति ई. बोडिङ स्कुलको आयोजनामा सोमबार विद्यालय परिसरमा विज्ञान र कारखाना किड्सको प्रदर्शनी गरिएको छ ।विद्यालयका ६, ७ र ८ कक्षामा अध्ययनरत सबै ३६८ जना विद्यार्र्थीले तयार पारेका सामाग्रीहरुको प्रयोगात्मक समेत गरेर देखाउँदै प्रदर्शनीमा राखेका थिए । विद्यार्र्थीको सीप, ज्ञान र क्षमतालाई समूहगत कार्यबाट काम गर्नका लागि प्रोत्साहित गर्ने उदेस्यले यो प्रदर्शनी गरिएको विद्यालयका प्रिन्सिपल बिनोद सुवेदीले जानकारी दिए ।

विद्यार्र्थीको प्रतिभा परिचान गरेर विद्यालयले आवस्यक लगानी गरेर यो कार्यक्रम गरेको हो । विद्यालयको चौरमा राखिएको प्रदर्शनीमा ९२ वटा फरकफरक प्रकारका सामाग्रीहरु तयार गरी विद्यार्र्थीले राखेका हुन् । विद्यार्थीले खोज र अनुसन्धानबाट तयार पारेर आफ्ना अभिभावक, आगन्तुक, शिक्षकलाई यसका बारेमा बुझाएका छन् । बालबालिकाका लागि अवसर प्रदान गरेर पढाइ र प्रयोगात्मक सिकाइलाई सँगसँगै लैजानका लागि सहयोग पुगेको प्रिन्सिपल सुवेदीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*