कृष्ण आदर्शमा खाना पकाउने समूहबीच प्रतिस्पर्धा

साझाकुरा
२०८० आश्विन १०, बुधबार ०९:५३

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–९ स्थित कृष्ण आदर्श इङ्लिस बोर्डिङ स्कुलमा रहेको स्काउट ट्रुपमा मंगलबार अन्तरप्याट्रोल कुकुङ कम्पटिशन भएको छ ।स्काउट विद्यार्र्थीको सीप र क्षमता विकासका लागि स्काउटले खानाका परिकार बनाउने अन्तर समूह प्रतिष्पर्धा गराएको हो ।

प्रति समूहमा ८ जनाका दरले ५ वटा समूहलाई नेपाली खाना बनाउने प्रतिष्पर्धामा उतारिएकोथियो । २ घण्टाको समयसीमाभित्र सबैभन्दा स्वादिलो, साजसज्जायुक्त र सफा किचनमा व्यवस्थिततरिकाले खाना पकाउने ३ वटा समूहलाई उत्कृष्ट घोषित गरिएको थियो । स्काउट विद्यार्र्थीले तोकिएको समयमा भात, तरकारी, दाल, साग, अचार, मासुलगायतका परिकार तयार गरेका थिए ।

प्रतिष्पर्धामा चिता, पिकक र हर्स प्याट्रोल उत्कृष्ट घोषित भएका थिए । प्रतियोगितामा विजयीलाई मेडल र सहभागी सबैलाई कुकिङ मेरिट वायज र प्रमाणपत्र प्रदान गरिएको स्काउटका राष्ट्रिय सहायक प्रशिक्षक अशोक सारुमगरले जानकारी दिए । विद्यार्र्थीको क्षमता र सीप विकासमा स्काउटले गरेको प्रतिस्पर्धा प्रसंशनीय रहेको कृष्ण आदर्श बोर्डिङ स्कुलका सञ्चालक नवीन केसीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*