नागस्वतीमा २७ औं टोलस्तरीय फुटबल

साझाकुरा
२०८० आश्विन ११, बिहीबार ०९:०३

हेटौंडा- नवज्योति टोल विकास संस्था हेटौंडा–७, नागस्वतीको आयोजनामा आगामी असोज २३ गतेदेखि २७ औं टोलस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।हरेक वर्ष बिजयादशमीको अवसर पारेर गरिदै आएको प्रतियोगीतालाई यो पटक गतवर्षको बिजेता नवज्योति टोल विकास अन्तरगतको भिआईपी फुटबल टिमको आयोजनामा हुँदैछ । नागस्वतीस्थित नवज्योति माविकोखेलमैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको खेल संयोजक सुशील सुबेदीले बताए । बुधबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारीको बारेमा जानकारी समेत गराइएको थियो । प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुने र करिब १२ वटा टोली सहभागी रहने अनुमान गरिएको प्रतियोगिताका आर्थिक संयोजक राजु कार्र्कीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिता सहभागी टोली दुई समूहमा विभाजन गरी लिगचरणमा खेल खेलाइनेछ । प्रतियोगिताको विजेताले नगद ५३ हजार रुपैयाँसहित खसी प्राप्त गर्नेछ भने उपविजेताले खसीसहित विभिन्न उपहार प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई विधागतरुपमा पुरस्कारको व्यवस्था गरिने समेत संयोजक सुवेदीले जानकारी दिए । प्रतियोगीतामा वडा नम्बर ७ बसोबास गर्ने खेलाडी र टिमले मात्र सहभागी हुन पाउने छ ।

बिस २०५२ सालदेखि आयोजना हुँदै आएको प्रतियोगितामा हरेक वर्षको बिजयी समूहनै अर्को वर्षको आयोजक बन्ने प्रचलन रहेको सुबेदीले बताए । खेलका लागि अनुमानित ५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । पत्रकार सम्मेलनमा नागस्वती भेट्रान्सका अध्यक्ष सोम तितुङ, आयोजक सदस्य राजकुमार बानियाँ, गोकुल अधिकारीलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*