राष्ट्रिय यु–१६ खेलाडी बानियाँलाई सम्मान

साझाकुरा
२०८० आश्विन १२, शुक्रबार ०९:३०

हेटौंडा-राष्ट्रिय यु–१६ टिमका गोलरक्षक हेटौंडाका युवा खेलाडी विशेष बानियाँलाई सम्मान प्रदान गरिएको छ । भुटानको थिम्पुमा भएको साफ युथ–१६ फुटबल प्रतियोगितामा सहभागी भएर फर्किएका हेटौंडाका गोलरक्षक बिशेष बानियाँलाई हेटौंडाको नागस्वती भेट्रान्स क्लबले नगदसहित सम्मान गरेको हो । एन्फा एकेडेमीका उत्पादन गोलरक्षक बानियाँ पूर्वएडिभिजन खेलाडी बिक्रम बानियाँका छोरा हुन् । बानियाँले पढाईसँगै फुटबललाई पनि आफ्नो भविष्य बनाएर अघि बढिरहेका छन् । बानियाँलाई क्लबले बिहीबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।

पछिल्लो समय भेट्रान फुटबलको राष्ट्रियस्तरको प्रतियोगिताहरु आयोजना गर्दै आएको क्लबले युथ–१६ टिमका गोलरक्षक विशेषलाई सम्मान गरेको हो । न्युरोड टिमको क्लब एकेडेमीबाट छनोट भई विशेष राष्ट्रिय टिम युथ–१६ मा परेका थिए । नागस्वती भेट्रान्स क्लबको कार्यालयमा भएको कार्यक्रममा क्लबका अध्यक्ष सोम तितुङले खेलाडीको प्रोत्साहनको लागि कुनैपनि कसर नराख्ने बताए । कार्यक्रममा मकवानपुर जिल्ला फुटबल संघका सदस्य राम केसी, ७ नम्बर वडाका वडासदस्य दिनेश थापा, नागस्वती भेट्रान्सका उपाध्यक्ष बीरेन्द्रराज खत्री, सचिव प्रदीप गौतम, गोकुलनाथ पौडेल लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*