हेटौंडा भेट्रान्सको विशेष साधरणसभा

साझाकुरा
२०८० आश्विन १४, आईतवार ०९:१८

हेटौंडा- हेटौंडा भेट्रान्स क्लबले शनिबार बिशेष साधरणसभा सम्पन्न गरेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको प्रमुख आतिथ्यमा आयोजित बिशेष साधरणसभामा विधान संशोधन, सल्लाहाकार नियुक्त लगायतका बिभिन्न बिषयमा छलफल गरेको थियो ।हेटौंडामा ४० वर्ष माथिको पूर्बफुटबल खेलाडीहरु मिलेर स्थापना गरेको यस क्लबले मकवानपुरमा भेट्रान्स फुटबल खेलको चलयामान गराउन सफल भएको छ । अहिले जिल्लामा दुई दर्जन जति भेट्रान्स क्लबहरुको स्थापना भैसकेको छ । क्लबलाई अझै ब्यवस्थित र मर्यादीत रुपमा अगाडि लैजान विधान संशोधन सहितका कार्ययोजना बनाउन बिशेष साधरण सभा आयोजना गरिएको कल्बका सचिव कबिन सांगामीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खड्गीले मकवानपुरमा फुटबल खेलको विकासमा हेटौंडा भेट्रान्सले गरेको गतिबिधिले ंिसंगो खेल क्षेत्रको विकासमा योगदान रहेको बताए । ४० वर्ष माथिका उमेर समूहले फुटबल खेलिरहँदा भर्खरका युवापुस्ताले पनि खेलप्रति चासो राख्दै अगाडि बढ्ने हुदाँ स्थरीय खेलाडी उत्पादनमा पनि भेट्रान्सको महत्वपूर्ण भूमिका रहेको बताए । विधान संशोधनले क्लब र यसको गतिबिधिमा अझ सहज हुने भन्दै आवश्यक सहयोगका लागि जिल्ला खेलकुद साथमा रहेको उनले बताए ।

कार्यक्रममा सहभागी कल्बका सदस्यहरुले क्लबको गतिबिधिलाई अझै सक्रिय बनाई अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । हेटौंडा भेट्रान्स नवौं भेट्रान्सकप प्रतियोगिताको तयारीमा रहेको छ । क्लबका कार्यबाहक अध्यक्ष नवराज बज्राचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष दीपक बज्राचार्य, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, क्लबका सदस्यलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*