ज्ञानोदयका विद्यार्थीलाई ‘मोटिभेसन क्लास’

साझाकुरा
२०८० आश्विन १४, आईतवार ०९:२४

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–२ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमीका विद्यार्थीलाई रविकिरण श्रेष्ठले मोटिभेशन प्रशिक्षण गराएका छन् ।विद्यालयले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा मोटिभेस्नल स्पीकर रविकिरणले कक्षा ४ देखि १० सम्मका विद्यार्र्थीलाई मोटिभेशन गराएका थिए । उनले विद्यार्र्थीलाई सबभन्दा पहिला आफूलाई चिन्न आग्रह गरेका थिए । उनले बालबालिकाको जीवनमा प्रभाव पार्ने सबभन्दा नजिकका आमाबुबा, शिक्षकशिक्षिका र साथीको बारेमा प्रशिक्षण गराएका थिए । उनले मानिसका जीवनमा आमाबुबा, शिक्षकशिक्षिका र साथीको भूमिका के हुन्छ ? र यिनीहरुलाई कसरी जीवनमा उतार्नुपर्छ भन्ने बारेमा सहजिकरण गरेका थिए ।

पछिल्लो समय समाजमा विभिन्नखाले सामाजिक समस्याका घटनाहरु भइरहेको र त्यस्ता घटनका कारण विद्यार्र्थीको बृद्धि विकासमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नकरात्मक प्रभाव परिरहेकोले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयका संस्थापक प्राचार्य बिन्दुगोपाल गोर्खालीले आफ्नो विद्यालयमा पढ्ने बालबालिकामा मोटिभेशन क्लासले सकरात्मक परिवर्तन आउने र केही राम्रो गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए । विद्यालयकी शिक्षिका शोभा गुरुङ र छात्रा अर्पण सुवेदीले सहजिकरण गरेको कार्यक्रममा विद्यालयका संस्थापक गिरीबहादुर सुवेदी, विद्यालय व्यवस्थापन समितिका केन्द्रगेविन्द जोशी लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*