परियारले जिते तेस्रो मिस्टर मकवानपुरको उपाधि

साझाकुरा
२०८० आश्विन १५, सोमबार ०९:१४

हेटौंडा- नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा शनिबार राती सम्पन्न तेस्रो मिस्टर मकवानपुरको उपाधि सरुन परियारले जितेका छन् ।७० केजी समूहका विजेता रहेका परियार तेस्रो मिस्टर मकवानपुरको विजेता बन्न सफल भएका हुन् । उनी विजेता भएसँगै एक लाख नगद मेडल र ट्रफि प्राप्त गरे । उनलाई हेटौंडा उपमहानगरका नगरप्रमुख मीनाकुमारी लामाले पुरस्कारहरु प्रदान गरेकी थिइन् । प्रतियोगिताका फस्ट रनअप राज शाही घोषित भए । उनी ७५ केजी तौल समूहका विजेता थिए । उनले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गरेका छन् ।

प्रतियोगिताका सकेण्ड रनरअप शैलेन्द्रकुमार साह भएका छन् । उनी ६० केजी तौल समूहका विजेता थिए । उनले नगद ३० हजार, मेडल र ट्रफि प्राप्त गरेका छन् । मिस्टर मकवानपुर विधामा ५५, ६०, ६५, ७०, ७५ केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो । ५५ केजी समूहमा युवराज छत्कुली विजेता बनेका थिए भने ६० केजी तौल समूहमा शैलेन्द्रकुमार साह, ६५ केजी समूहमा इन्द्रकुमार अधिकारी, ७० केजी समूहमा सरुन परियार र ७५ केजी तौल समूहमा राज शाही विजेता बनेका थिए । उनीहरुले जनही १० हजार नगद सहित ट्रफि प्राप्त गरेका थिए । समूह विजेताहरुले फाइनलमा आफ्नो प्रस्तुती दिएका थिए ।

त्यस्तै महिला खेलाडीलाई शारीरिक सुगठनतर्फ आर्कषण गराउन वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप विधा समेत गराइएको थियो । मकवानपुरमा पहिलो पटक गरिएको प्रतियोगितामा ४ जना महिला खेलाडीले सहभागिता जनाएका थिए । जसमा अरिमा थिङ विजेता बनेकी थिइन् । उनले २० हजार नगद मेडल प्राप्त गरेकी छिन् । त्यस्तै द्वितीय स्थान शान्तामाया स्याङ्तान, तृतीय स्थान जुनी पुलामीमगर र चौथो स्थानमा कल्पनाकुमारी दर्लामीमगर भएकी थिइन् ।

प्रतियोगतामा पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्स समेत गरिएको थियो । प्रतियोगितामा ८ जना भेट्रान्स खेलाडीले सहभागिता जनाएका थिए । जसमा विजेता विमल लामा, द्वितीय बुद्ध लामा र तृतीय स्थान भुवनबहादुर तामाङ र चौथो स्थानमा विकास बानियाँ भएका थिए । प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ठ तथा अनुशासित क्लव भनेर वेस्ट क्लब कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालिलाई घोषणा गर्दै २५ हजार नगद सहित सम्मान गरिएको थियो ।

साथै पुराना खेलाडीहरु शान्तिकी खड्की, सूर्य लामा, राजकुमार श्रेष्ठ, महेश महर्जनलाई सम्मान गरिएको थियो । खेल क्षेत्रतर्फ भलिबल खेलाडी प्रहरी निरीक्षक चुडाकुमारी खड्का, खेलकुद शिक्षा क्षेत्रतर्फ शिक्षाविद् पुरनबहादुर जोशी, पत्रकारिता क्षेत्रतर्फ पत्रकारहरु सुवास विडारी, श्रीराम अर्जुन र प्रतिक्षा न्यौपानेलाई सम्मान गरिएको थियो ।महासंघका अध्यक्ष राजेश भेटलवालको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सांसद उद्धव थापा, उपमेयर राजेश बानियाँ, हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाका अध्यक्ष सविन न्यौपाने, वडाध्यक्षहरु नवीन सिग्देल, उद्धव सत्याल, विष्णुगोपाल महर्जन, विष्णुप्रसाद दाहाललगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*