रोटरी माविका ५१ चेपाङ विद्यार्थीलाई छात्रवृत्ति
हेटौंडा- मनहरी गाउँपालिका–७, स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का ५१ जना विद्यार्र्थीलाई छात्रवृत्ति बितरण गरिएको छ ।नेपाल सरकारका पूर्बडिजि राजदेबप्रसाद यादबको समन्वयमा छात्रवृत्ति बितरण गरिएको हो । केएएफसी नामक अमेरिकन संस्थाको सहयोगमा शैक्षिक सामग्री बितरण गरिएको हो । आफू लामो समयसम्म यस क्षेत्रमा सरकारी सेवामा रहेको र यहाँको समुदायको राम्रो ज्ञान आफूलाई भएको भन्दै यस संस्थासंग सहकार्य गर्दै चेपाङ समुदायको शैक्षिक क्षेत्रमा सहयोग गरिएको यादबले बताए ।
राज्यले बर्जित गरिएको गतिविधिमा चेपाङ समुदाय आफ्नो दैनिकी जोहो गर्नकै लागि अनाहकमा कानुनी कठघरामा पुग्न बाध्य रहेको तथ्यांकलाई आधार मानेर यो समुदायको शिक्षामा लगानी गर्नु आवश्यकता रहेको र सोही अवस्थामा संस्थासंग सहकार्य गर्दै यो कार्यक्रम अगाडि बढाएको यादबले बताए । विद्यालयमा अध्ययनरत विद्यार्र्थीलाई संस्थाले चौथो पटक शैक्षिक सामग्री बितरण गरिसकेको छ भने सोही विद्यालयमा अध्ययनरत तल्लो तहका विद्यार्थीलाई वातावरण संरक्षणसम्बन्धी चित्रकला प्रतियोगिता समेत संचालन गरिसकेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय भएकाको चित्र अमेरिकामा संचालन हुने च्यारिटी शोमा देखाईने समेत जानकारी दिए । संस्थाले नेपालका मकवानपुरको रोटरी स्कुलमा अध्ययनरत चेपाङ सामुदायका विद्यार्र्थी, बर्दिया जिल्लामा थारु समुदाय र चितवनको सौराहामा बन्यजन्तु भेटनरी अस्पतालमा सहयोग गर्दै आईरहेको छ । संस्थाले बन र बन्यजन्तु संरक्षणसंग सम्बन्धित रहेर १३ वटा देशमा कार्यक्रम गर्दै आईरहेको छ ।
संस्थाका प्रतिनिधिहरु यही नोभेम्बर ९ मा अनुगमनमा आउने जानकारी समेत सोही कार्यक्रममा दिइयो । छात्रवृत्ति बितरण कार्यक्रममा बोल्दै ७ नम्बर वडाका कार्यबाहक अध्यक्ष नबराज सुबेदीले कार्यक्रमको निरन्तरताको लागि शुभकामना दिए । मनहरी गाउँपालिका–७ का कार्यबाहक अध्यक्ष सुबेदीको प्रमुख आतिथ्यता रहेको थियो । बिशिष्ट अतिथि पूर्बडिजि एबम् कार्यक्रम संयोजक यादव, विद्यालयका सहायक प्रधानाध्यापक साधुराम रिजाललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका प्रधानाध्यापक गोबिन्द पौडेलले गरेका थिए।