सुखसमृद्धि सहकारीको कारोबार साढे तीन करोड

साझाकुरा
२०८० आश्विन १५, सोमबार ०९:३६

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१०राप्तिरोडमा रहेको सुखसमृद्धि बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा हेटौंडामा भएको छ । संस्थाका अध्यक्ष रेणु ज्ञवालीको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएकोहो । सभामा विभिन्न विधामा सदस्यलाई सम्मान गरिएको थियो । जेष्ठ नागरिक सदस्यतर्फ नारायणप्रसाद श्रेष्ठ, असल ऋणीतर्फ रोमा लामा, उत्कृष्ट बचतकर्ता लक्ष्मी जोशीलाई सम्मान गरिएकोथियो । त्यस्तै एसईइ परीक्षामा उच्च जिपिए ल्याउने राशिका महर्जन र सार्थक स्थापितलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरका सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा. गणेश लामा, नेफ्स्कुनका अमन विडारी, संस्थाका निवर्तमान अध्यक्ष सुशीला पाण्डे मानन्धर, सल्लाहकार शर्मिला डंगोल, संस्थाका कानुनी सल्लाहकार सुमनकुमार मानन्धरलगायतको आतिथ्यता रहेको थियो ।तीन करोड ५४ लाख ५१ हजार ३२० रुपैयाँको कुलकारोबार गरेको संस्थामा ७६ लाख ८८ हजार पाँच सय शेयरपुँजीरहेको संस्थाका व्यवस्थापक दीपक सेवाले बताए । संस्थामा २ करोड १४ लाख ६३ हजार २२१ रुपैयाँ बचत निक्षेप रहेको छ भनेआफ्ना सदस्यलाई २ करोड ६८ लाख ९३ हजार ६४५ रुपैयाँ कर्जा लगानी गरिएको व्यवस्थापकसेवाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*