हेटौंडामा खुल्दै सहिद आकाश मेमोरियल कलेज
हेटौंडा- हेटौंडामा उच्चशिक्षा अध्ययन गर्ने नयाँ संस्थाको रुपमा सहिद आकास मेमोरियल क्याम्पस सञ्चालनमा आउने भएको छ ।सहिद एकनाथ सुवेदी (आकास) स्मृति प्रतिष्ठानले टेक्निकल बिषयहरु पढाउने उद्देश्यले हेटौंडा–५, स्थित रिलायन्स स्कुलमा क्याम्सप सञ्चालन गर्न लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।पूर्वाञ्चल विश्व विद्यालयबाट असोज ८ गते सम्बन्धन प्राप्त गरी यही शैक्षिकसत्रबाट स्नात्तकतहको बिआइटी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी) तथा बिबिए (ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन) गरी दुइवटा बिषयमा पठनपाठन सुरु गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
टेक्निकल बिषय पढ्नका लागि विदेश जाने लहर बढेकोले यो क्रमलाई कमी ल्याउने उद्देश्यले क्याम्पसले भविष्यमा समेत अन्य टेक्निकल बिषयमा अध्यापन गराउने लक्ष्य रहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजय गौतमले बताए ।क्याम्पसले चारवर्षे बिआइटी कोर्सका लागि ५ लाख ३५ हजार रुपैयाँ र चारवर्षे बिबिए कोर्सका लागि ४ लाख २५ हजार रुपैयाँ शुल्क तोकेको छ ।
यस्तै क्याम्पसले लक्षित वर्गका १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाएको जानकारी दिएको छ । मंगलबार बसेको क्याम्पस बोर्ड बैठकमार्फत् नै शुभारम्भ गरिसकिएकोले भर्ना लिने काम सुरु गरिने प्रतिष्ठानले जनाएको छ ।