नवोदयमा ‘पुस्तक परिचर्चा’ कार्यक्रम

साझाकुरा
२०८० आश्विन १७, बुधबार १०:११

हेटौंडा-हेटौंडा–४ मा रहेको नवोदय शिशुसदनले कक्षा २ का विद्यार्र्थीको ‘बुकटक’ (पुस्तक चर्चा) तथा ब्याच वितरण कार्यक्रम गरेको छ ।सोमबार आयोजित कार्यक्रममा एक दर्जन विद्यार्र्थीले आफूले अध्ययन गरेको किताबको बारेमा आफ्ना साथीहरु र अभिभावकमाझ प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नृत्य प्रदर्शनीसमेत गरिएको थियो । कक्षा २ का शिक्षक सम्झना थापाका अनुसार तह ३ मा पुगी व्याच लगाउन विद्यार्र्थीले २५० वटा पुस्तक अध्ययन गर्नुपर्ने हुन्छ । कक्षा २ की छात्रा अनुष्मा रिमालको अध्यक्षताको भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार केशव समर्पणको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा साहित्यकार हरिप्रसाद पौड्यालको विशिष्ट आतिथ्यता रहेको थियो । विद्यार्र्थीको पठन संस्कृतिको विकासका लागि उनीहरुले २५० वटा पुस्तक पढेर त्यसको भिडियो गुगलमा राखेपछि तह ३ मा पुग्छन् । त्यसपछि १०० वटा पुस्तकको समीक्षा गरेपछि बल्ल पुस्तक परिचर्चा कार्यक्रममा सहभागी हुने नेपाली भाषा विभागप्रमुख तथा माध्यमिक तहका संयोजक सिएम रिमालले बताए । विद्यार्र्थीले अध्ययन गरेको विषयलाई सिर्जनात्मक ढंगले प्रस्तुत गर्ने क्षमताको विकास गराउन कार्यक्रमको आयोजना गरिएको र विद्यालयले यस्ता कार्यक्रम हरेक महिना आयोजना गर्ने रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*